सुर्खेत जिससमा एमाले–माओवादी गठबन्धन विजय

सुर्खेत २७ जेठ ।

जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धनले जीत हात पारेको छ । आज भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानलै विजयी भएको हो ।

मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले ८ मत पाएका छन् । एमाले र माओवादी गठबन्धनबाट प्रमुखमा गंगाराम सुनार र उपप्रमुखमा सचिनकुमार बडुवाल निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल तथा अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसंख्यकमा सावित्रा टमटे समन्वय सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसले पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो । उसले प्रमुखमा दिलीपकुमार वाग्ले र महिला सदस्यहरुमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीको उम्मेदवारी दर्ता गरेको थियो ।

२०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसले एकलौटी नेतृत्व गरेको थियो । यसपटक एमालेले नेतृत्व पाएको छ । एमालेले प्रमुख र ५ सदस्य पाउँदा माओवादीले उपप्रमुख र २ सदस्य पाएको छ ।

सुर्खेत जिससमा एमाले–माओवादी गठबन्धन विजय

जीप दुर्घटना मृतकको संख्या तीन पुग्यो

सुर्खेत जिससमा एमाले–माओवादी गठबन्धन विजय

थपिए १७ कोरोना संक्रमित, देशभर सक्रिय १०९

Leave a comment

Your email address will not be published. Required fields are marked *