थपिए १७ कोरोना संक्रमित, देशभर सक्रिय १०९

काठमाडौं २७ जेठ ।
पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ७० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
एक हजार ९१५ जनाको पिसिआर र एक हजार १५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०९ जना सक्रिय संक्रमित छन् । ७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।
स्रोत ः सेतोपाटी






