प्रधानमन्त्री देउवालाई भेटे अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुखले

काठमाडौं २७ जेठ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले शिष्टाचार भेट गरेका छन् । उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
भेटमा उनीहरूबीच द्वीपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो। प्रमुख फ्लिन चार दिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका हुन् । प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाल बसाइका क्रममा उनले नेपालले राष्ट्र सङ्घीय शान्ति सेनामा पु¥याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएको छ । स्रोत ः सेतोपनटी





