ब्याटिङ नचल्दा ओमानसँग हा¥यो नेपाल

काठमाडौं २७ जेठ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ । शुक्रबार विहान सकिएको खेलमा नेपाललाई ओमानले १३ रनले पराजित ग¥यो ।
ओमान, अमेरिका र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा ओमानले भने पहिलो जित निकाल्यो। यसअघि बिहीबार विहान सकिएको खेलमा ओमानलाई घरेलु टिम अमेरिकाले पराजित गरेको थियो । अमेरिकाको टेक्सासमा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा १९८ रनमै अलआउट भयो।
नेपालका लागि आरिफ शेखले ६६ रन जोडे। उनले ७९ बलमा ६ चौका हिर्काए । ओपनरद्वय सुवास खकुरेल ३ रन र सुनील धमला १२ रनमा आउट भए। त्यसपछि देव खनाल ३४ रन र रोहित पौडेल २० रन जोडेर पेभेलियन फर्के ।
दीपेन्द्रसिंह ऐरीले १६ रन र विनोद भण्डारीले १४ रन भन्दा बढी जोड्न सकेनन्। भण्डारीले ४२ बल खेल्दा चौका÷छक्का हिर्काउन सकेनन् । करण केसी ८ रन, सोमपाल कामी १३ रन र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए ।
बलिङमा ओमानका जीशन मक्सूद र खावर अलीले ३–३ विकेट लिए। विलाल खानले २ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा २११ रन जोड्यो ।
उसका लागि कप्तान जीशन मक्सूदले शतक प्रहार गरे। उनले नटआउट १०४ रन जोड्ने क्रममा १२६ बलम १२ चौका हिर्काए । सोएब खानले २७ रन र खावर अलीले ३० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए ।
बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। उनले १० ओभमा ३८ रन खर्चिए। ओमानका ओपनर कश्यप प्रजापतीलाई इनिङ्ग्सको पहिलो बलमै आउट गरेका करणले अर्का ओपनर जतिन्दर सिंहलाई पनि एलबिडब्लूकै धरापमा पारेका थिए । कप्तान सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामीले १ विकेट हात पारे ।






