सुर्खेतको गुर्भाकोट र सल्यानको कालिमाटीमा धान्य पूर्णिमाका अवसरमा लाग्ने मेला बिहिबारदेखि सुरु

दिलिप ढकाल
सुर्खेत,२३ मंसिर ।

सुर्खेतको शुभाघाट र सल्यानको कालिमाटीमा लाग्ने मेला बिहिबारदेखि सुरु भएको छ। हरेक बर्ष हरेक बर्ष धान्य पूर्णिमाका अवसरमा लाग्ने मेला यो वर्षा पनि आज बाट सुरु भएको हो। गुर्भाकोट नगरपालिकाको वडा नम्बर १२ मा पर्ने शुभाघाट र वडा नम्बर ८ खैरेनी चौरमा किक्रम सम्बद २०२२ साल देखि हरेक वर्ष धान्य पूर्णिमाका दिन शुभाघाट मेला लाग्दै आएको छ।

यसवर्ष मंसिर २२ देखि २५ गते सम्म मेला लाग्ने मेला समितिको संयोजक किरण बिकले जानकारी दिए । मेलामा रास्ट्रीय तथा स्थानिय कलाकारको पनि प्रस्तुति रहने छ। त्यस्तै सल्यानको कालिमाटी गाउपलिकामा पनि हरेक वर्ष लाग्ने मेला आज बाट सुरु भएको छ।

त्यहाँ यहि मङ्सिर २२ र २३ गते मेला लाग्ने कालिमाटी गाउपालिका ३ का वडा अध्यक्ष शिब बहादुर खत्रीले जानकारी दिए । मेलामा कालिमाटी गाउपालिका भित्रका कृषकले उत्पादन गरेका कृषि सामाग्री प्रदर्सनी गर्ने ब्यबस्था कालिमाटी गाउपालिका कृषि शाखाले मिलाएको छ। मेलामा सुर्खेत,सल्यान सहित् दाङ बाके बर्दिया रुकुम रोल्पा जाजरकोट दैलेख लगाएतका जिल्ला बाट मेला अवलोकन गर्न आउने गरेको स्थानीयको भनाई छ।

सुर्खेतको गुर्भाकोट र सल्यानको कालिमाटीमा धान्य पूर्णिमाका अवसरमा लाग्ने मेला बिहिबारदेखि सुरु

ब्राण्ड स्टोरी : गाईपालनमै सन्तुष्टि

सुर्खेतको गुर्भाकोट र सल्यानको कालिमाटीमा धान्य पूर्णिमाका अवसरमा लाग्ने मेला बिहिबारदेखि सुरु

एकीकृत अखिलको बनगाड कुपिण्डे नगर अध्यक्षमा वस्नेत

Leave a comment

Your email address will not be published. Required fields are marked *