एएफसी एसियन कप छनोटमा नेपाल जोर्डनसँग पराजित

काठमाडौं २६ जेठ ।
नेपाल जोर्डनसँग पराजित भएको छ । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरमा पराजित भएको हो ।
कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा हार बेहोर्न पुग्यो । पहिलो हाफमा जोर्डनविरुद्ध नेपालका गोलकिपर दीप कार्की नायक बनेका थिए । डेब्यु गरेका उनले खेलको ४३ औं मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।
डिफेन्डर गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्स भित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । पहिलो हाफमा गोलरक्षक दीपले पेनाल्टी जोगाए पनि दोस्रो हाफमा जोर्डनले गोल गर्दै सहज जित हासिल ग¥यो।
जोर्डनलाई जित दिलाउन अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे । दोस्रो हाफको ६९ औं मिनेटमा अलि ओल्वानले गोल गर्दै जोर्डनलाई जोर्डनले सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि ८२ औं मिनेटमा जोर्डनले अग्रता दोब्बर पा¥यो। सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि जोर्डनले दोस्रो पेनाल्टी पायो। यसपटक हम्जा अल दार्दर चुकेनन् र खेलमा २–० को स्पष्ट अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल भएन र जोर्डनले २–० को जित निकाल्दै विजयी सुरूआत ग¥यो ।
यसअघि समूह ए को पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २–१ ले स्तब्ध पारेको थियो। यो नतिजासँगै नेपाल अंक तालिकाको पुछारमा छ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछन्।
त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् । नेपालले अब जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । स्रोत ः सेतोपाटी






