राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस

काठमाडौं,२२ मंसिर ।

मानव अधिकार आयोगले राष्ट्रपति समक्ष आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ। बुधबार आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति कार्यालय शीतल निवासमा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको आयोगका सहसचिव तथा प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।

उनका अनुसार प्रतिवेदनमा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरूलगायत मानव अधिकार संरक्षण र संवर्द्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरूको उल्लेख गरिएको छ।

प्रतिवेदन अवधिमा आयोगमा मानव अधिकारको उल्लङ्घन वा हनन भएको भनी जम्मा १०१ उजुरीहरू दर्ता भएको जनाएको छ। यस्तै मानव अधिकारसँग सम्बन्धित विषयमा २२१ पटक अनुगमन भएको छ। आयोगले पुराना र नयाँ गरी ५०३ उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ।

पोखरेलका अनुसार आयोगको सिफारिसहरूको कार्यान्वयन अवस्था हाल १५.३ प्रतिशत पूर्ण कार्यान्वयन, ३९.२ आंशिक र ४५.५ प्रतिशत सिफारिस कार्यान्वयन हुन बाँकी रहेको छ।

आयोगबाट अनुसन्धान सम्पन्न भएका जम्मा ४१४ उजुरीमाथि निर्णय भएको छ, जसमा ६ वटा नीतिगत सिफारिस रहेका उनले बताए।

सेतोपाटी

राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस

समानुपातिकतर्फ केन्द्र र प्रदेशमा सबैभन्दा धेरै सिट

राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस

जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!