समानुपातिकतर्फ केन्द्र र प्रदेशमा सबैभन्दा धेरै सिट एमालेलाई, यस्तो छ आयोगको अन्तिम बाँडफाँट

काठमाडौं, २२ मंसिर ।

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले) ले पाएको छ।

एमालेले प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ। उसले प्रतिनिधि सभामा ३४ सिट पाएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ भने प्रदेश सभामा ६४ सिट पाएको छ। नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ सहित ४३ सिट जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा १३ सिट पाएको छ। प्रदेश सभामा उसले उम्मेदवारी दिएको थिएन। प्रतिनिधि सभा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न प्रदेश सभाहरूमा ९ सिट पाएको छ।

अरू दलले कति पाए सिट हेर्नुस


सेतोपाटी

समानुपातिकतर्फ केन्द्र र प्रदेशमा सबैभन्दा धेरै सिट एमालेलाई, यस्तो छ आयोगको अन्तिम बाँडफाँट

समय घर्कियो, चोलेन्द्रशमशेर सर्वोच्च फर्केनन्

समानुपातिकतर्फ केन्द्र र प्रदेशमा सबैभन्दा धेरै सिट एमालेलाई, यस्तो छ आयोगको अन्तिम बाँडफाँट

राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!