प्रचण्डलाई चिङ्गाडमा जुताको माला लगाउन खोज्ने युवक प्रहरिको नियन्त्रमा

सुर्खेत,२२ कात्तिक ।

व्यस्त कार्यतालिका लिएर कर्णाली आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले केही जिल्लामा चुनावी सभालाई सम्बोन्धन गरे । गोरखाबाट सिँधै सुर्खेत आउने प्रचण्डको कार्यतालिका भएपनि प्रतिकूल मौसमका कारण प्रचण्ड सल्यानको सदरमुकाम खलङ्गा अवतरण गरे ।

उनले त्यहीँ क्रममा सल्यानमा गठबन्धनबाट उम्मेद्वार बनेका नेताहरुलाई भेटर सुर्खेत विनास्थलमा आंशिक रुपमा मौसम खुलेपछि मंगलबार विहान उनी सुर्खेत विमानस्थल अवतरण भए । उनी गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोन्धन गर्न जुम्ला प्रस्थान गरेका थिए ।

जुम्लामा आयोजित सभालाई सम्बोन्धन गरेपछि हुम्ला र त्यसपछि कालिकोटमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोन्धन गरे प्रचण्ड सवार हेलिकोप्टर सुर्खेतको चिंङ्गाड गाउँपालिकाको ठाँटीबजारस्थित मटेला पुगेका थिए । प्रचण्ड सुर्खेतको चिंङ्गाड पुग्दा साँझको पाँच बजी सकेको थियो ।

चिङ्गाडमा आयोजना गरेको भेलालाई सम्बोन्धन गर्ने क्रममा एक युवाले प्रचण्डलाई जुत्ताको माला लगाउन झोलाबाट निकाल्ने क्रममा मटेला प्रहरीले ति युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले जुत्ताको माला लगाउने युवाको पहिचान नखुलाए पनि मटेला प्रहरीले नियन्त्रणमा लिएका युवालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा लगिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

ति प्रहरी अधिकारीकाअनुसार प्रचण्डलाई जुत्ताको माला लगाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको हो । ‘उच्च व्यक्तित्वको सवारीको क्रममा सुरक्षाा व्यवस्था कडा परिएको हुन्छ त्यहीँ क्रममा मादक पदार्थ सेवन गरेका व्यक्ति प्रहरी नियन्त्रणमा छन्,’ प्रहरी स्रोतले भन्यो, “पक्राउ परेका युवामाथि थप अनुसन्धानका लागि सोधपुछ भइरहेको छ । उद्यपी उनले प्रहरीको सावधानीका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जुत्ताको माला लगाउन वा प्रहार गर्नबाट रोकेको छ । अनुसन्धनको क्रममा थप खुल्नेछ ।”

नेपाली रैबार

प्रचण्डलाई चिङ्गाडमा जुताको माला लगाउन खोज्ने युवक प्रहरिको नियन्त्रमा

मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा

प्रचण्डलाई चिङ्गाडमा जुताको माला लगाउन खोज्ने युवक प्रहरिको नियन्त्रमा

भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *