धेरै मत बदरको सम्भावना

पुनम वि.सी
सुर्खेत,२२ कात्तिक ।

२०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका बेला कर्णाली प्रदेशभरीमा गरी पाँच लाख बढी मत खसेको थियो । आठ लाख बढी मतदाता रहेको कर्णालीमा बदर मतको संख्या पनि उत्तिकै थियो । त्यो बेला प्रदेशसभातर्फ कर्णालीमा कुल पाँच लाख ८१ हजार नौं सय ४८ मत खसेको थियो ।

त्योमध्ये पाँच लाख ५५ हजार चार सय ३७ मत मात्र सदर भए, बाँकी २६ हजार पाँच सय ११ मत बदर भएको निर्वाचन आयोगले बतायो । कर्णाली प्रदेशमा बदर मतको संख्या जिल्लागत रुपमा हेर्ने हो भने सबैभन्दा बढी सल्यानमा देखिन्छ । प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्र्तगत भएको मतदानमा जिल्लामा ८३ हजार सात सय ६६ मत खसेको थियो । जसमध्ये ७७ हजार आठ सय ६६ मत सदर भएका थिए, पाँच हजार नौं सय मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

सल्यानपछि दैलेखमा कुल चार हजार चार सय ३७ मत बदर भएका थिए । जाजरकोटमा चार हजार ५८, सुर्खेतमा तीन हजार नौं सय १६ मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ । यसैगरी कालिकोटमा दुई हजार चार सय ५७, रुकुम पश्चिममा दुई हजार तीन सय ६६, जुम्लामा एक हजार पाँच सय ५२, मुगुमा आठ सय ५६, हुम्लामा ६ सय आठ र डोल्पामा तीन सय ६१ मत बदर भएको थियो ।

यसैगरी प्रतिनिधिसभा निर्वाचनतर्फको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्र्तगत पनि बदर मतको अवस्था उस्तै देखिन्छ । प्रतिनिधि सभा तर्फ भएको मतदानमा सल्यानमा कुल पाँच हजार नौं सय ५६ मत बदर भएको थियो । यसैगरी डोल्पामा पाँच सय ६१, मुगुमा ६ सय ४८, जुम्लामा एक हजार सात सय २५, कालिकोटमा दुईहजार नौं सय ३९ हुम्लामा एक हजार एक सय ४२ जाजरकोटमा तीन हजार नौं सय ४१, दैलेखमा पाँच हजार चार सय चार, सुर्खेतमा चार हजार एक सय ५१ र रुकुम पश्चिममा तीन हजार पाँच सय ७० मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।

कस्तो अवस्थामा मत बदर हुन्छ
सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको । २) औंठाछाप लगाई वा आयोगद्वार निर्धारित स्वस्तिक चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत संङ्केत गरिएको । ३) मत संङ्केत चिन्ह नबुझिने गरि लतपतिएको वा च्यातिएको । ४) उम्मेद्वारको निर्वाचन चिन्हमा मत संङ्केत नगरी अन्यत्र मत संकेत गरिएको ।

५) उम्मेद्वार नरहेको निर्वाचन चिन्हमा मात्र मत संङ्केत गरिएको । ६) कुनै पनि उम्मेद्वारको निर्वाचन चिन्हमा मत संङ्केत नगरिएको । ७) निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेद्वारको निर्वाचन चिन्ह भएको कोठमा छुट्टा छुट्टै मत संङ्केत गरिएको । ८) मत संङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिएको । ९) आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको । १०) मत पेटिका भन्दा बाहिर राखिएको । ११) जाली मतपत्र ।

अघिल्लो निर्वाचनमा ४ दशमलव ५५ प्रतिशत मत बदर

प्रदेशसभा निर्वाचन, २०७४ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्र्तगत कर्णालीमा कुल ६८ दशमलव ७१ प्रतिशत मत खसेको थियो । सो समयमा प्रदेशसभातर्फको निर्वाचनमा कुल पाँच लाख ८१ हजार नौं सय ४८ मतदाताले मतदान गरेका थिए । खसेका कुल मतमध्ये चार दशमलव ५५ प्रतिशत मत बदर भएको थियो ।

यसै तथ्यांकलाई आधार मान्ने हो भने कर्णालीको हालको निर्वाचनमा बदर मत ३१ हजारभन्दा बढी पुग्ने अनुमान गर्न सकिन्छ । मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने १० लाख आठ हजार चार सय तीन जना मतदातालाई निर्वाचन आयोगले कर्णालीको नामावलीमा समावेश गरेको छ । अघिल्लो निर्वाचनको तथ्यांकसँग भिडाउँदा हालको निर्वाचनमा ६ लाख ९२ हजार आठ सय ७४ मत खस्ने आँकलन गर्न सकिन्छ ।

र, सोहि अनुरुप अघिल्लो निर्वाचन झै ३१ हजार पाँच सय २५ मत बदर हुने सम्भावना देखिन्छ । कर्णालीमा हाल नौं सय ३३ मतदान स्थल र एक हजार चार सय तीन मतदान केन्द्र रहेको आयोगले जनाएको छ । कुल मतदाता मध्य चार लाख ९७ हजार नौं सय ८० जना महिला, तीन जना अन्य र पाँच लाख १० हजार चार सय २० जना पुरुष छन् ।

धेरै मत बदरको सम्भावना

मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटना

समावेशी मुद्दामा दल र राज्यको किन बेवास्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *