सुत्केरी बिदा ९८ दिन लिन पाइने

काठमाडौं २५ जेठ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसुति बिदा ९८ दिन पाइने बताएको छ । कम्तिमा ९८ दिन तलबसहित बिदा दिन मन्त्रालयले सूचना निकालेर जानकारी गराएको छ ।
सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा पाउने मन्त्रालयले जनाएको छ ।
प्रसुति बिदा नदिएको भन्ने गुनासा सुनिएको भन्दै मन्त्रालयले सूचना निकालेर ९८ दिन बिदा पाइने उल्लेख गरेको छ ।
स्रोत ः सेतोपाटी







