जहाँ पहिलो पटक पुग्यो फोन

काठमाडौं २५ जेठ ।

चिनियाँ सीमा नजिकैको नेपाली गाउँ तिंकरमा पहिलो पटक फोन पुगेको छ । दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ को तिंकरमा सोमबार नेपाल टेलिकमको एनटीसेट प्रविधिमार्फत् दुई वटा फोन जोडिएको हो। पहिलो पटक फोन पुगेपछि तिंकरबासीमा खुसीयाली छाएको छ ।

फोन जडान भएसँगै स्थानीयले बाहिर रहेका आफन्तसँग कुराकानी गरेका छन् । व्याँस– १ का वडा सचिवसमेत रहेका स्थानीय विनोदसिंह बुढाथोकीका अनुसार तिंकर गाउँ नेपाल र चीन सीमाको पहिलो नम्बर पिलरदेखि चार–पाँच किलोमिटरको दुरीमा छ ।

तिंकरमा ७० घर परिवारको बसोबास छ । त्यहाँका बासिन्दा छ महिना गाउँमा र छ महिना बाहिर बस्छन्। कात्तिकपछि चिसो बढ्ने भएकाले गाउँलेहरू सदरमुकामतिर झर्ने गरेको बुढाथोकीले बताए ।

पहिला सदरमुकामबाट गाउँ जाँदा पुग्यो कि पुगेन भन्ने खबर पनि गर्न सकिन्थ्यो। अब सुविधा भएको छ,’ बुढाथोकीले भने ।
हिउँदमा बस्ती सर्दा फोनलाई घरमै ताला लगाएर सुरक्षित राखिने उनले बताए । स्रोत ः सेतोपाटी

जहाँ पहिलो पटक पुग्यो फोन

प्रशिक्षक अल्मुताइरीको भविष्य दाउमा

जहाँ पहिलो पटक पुग्यो फोन

निति तथा कार्यक्रम प्रदेश सभामा पेश :

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!