वीरेन्द्रनगरमा खेलाैना सामाग्री निर्माण तालिम सुरु

सुर्खेत, २४ फागुन ।
मंगलबार देखि वीरेन्द्रनगर, सुर्खेतमा बालबालिकाहरुका लागि खेलाैना (गुडिया) निर्माण तालिम शुभारम्भ गरेको छ । जनहितकारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तालिम सुरु भएको हो ।

संस्थाको महिला तथा बालबालिका परिचालन उपसमितीको कार्यक्रम योजना अनुसार, ११२ औं अन्तरााष्ट्रिय नारी दिवशको अवसरपारी तालिमको आयोजना गरिएको हो ।

प्रदेश सभा सदस्य पदमा खड्काले जनहितकारी सहकारीले सामाजिक क्षेत्रमा विभिन्न प्रकारले टेवा दिने गरेको कुरामा खुसी ब्यक्त गर्दै आज ११२ औं अन्तर्राष्ट्रिय नारी दिवशको सन्दर्भ पारी आयोजना गरेको यस सीपमुलक उद्धमशिल तालिमले नारीहरुको सिप विकास गर्ने बताउनुभयो ।

साथै उहाँले आर्थिक सक्षमतामा पूर्ण सफलता पाउने कुरामा विश्वास गर्दै यस्ता तालिमहरुलाई निरन्तरता र फलदायी बनाउन शुभकामनासमेत ब्यक्त गर्नुभएको थियो ।

फागुन २६ गतेसम्म सञ्चालनमा रहने त्रिदिवशीय उक्त तालिम कार्यक्रमको उद्धघाटन सत्र प्रदेश सभा सदस्य पद्मा खड्काको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष हरिहरनाथ योगीको विशेष आतिथ्यता र उपसमिति संयोजक राधा कार्कीको अध्यक्षतामा उद्घाटन गरिएको थियो ।

उद्घाटनमा कृष्ण प्रसाद गौतम, सरस्वती गौतम, गोमा पौडेल, लक्ष्मी भूषाल, रत्ना अधिकारी, जयन्ती कोईरला हिमलाल गौतम, प्रेम आचार्य लगायतका अतिथिहरु हुनुहुन्थ्यो ।

कार्यक्रम उपसमिती सदस्य जयन्ती कोईरालाले सञ्चालन गर्नुभएको थियो भने रत्ना अधिकारीले स्वागत मन्तब्य दिनुभएको थियो । त्यसैगरी प्रशिक्षक कविता गौतम रहनुभएको उक्त तालिम कार्यक्रममा जनहितकारी साकोसको सेवा क्षेत्रका विभिन्न वडाबाट गरी ४० जना उद्यमी लक्षित महिला शेयर सदस्य छनौंट गरी सञ्चालन गरिएको छ ।

वीरेन्द्रनगरमा खेलाैना सामाग्री  निर्माण तालिम सुरु

पञ्चपुरीमा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस

वीरेन्द्रनगरमा खेलाैना सामाग्री  निर्माण तालिम सुरु

महिलालाई आत्मनिर्भर बनाउन जरुरी

Leave a comment

Your email address will not be published. Required fields are marked *