पञ्चपुरीमा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस

प्रेम सुनार
पञ्चपुरी, २४ फागुन ।
पञ्चपुरी नगरपालिकामा मंगलबार विविध कार्यक्रमसहित ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको छ । एकता फाउण्डेसन र आवाज संस्थाको सहयोगमा पञ्चपुरीमा साँस्कृतिक कार्यक्रम र देउडा खेलेर मनाइएको हो ।

‘सामाजिक न्याय र लैंगिक सामानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित यो वर्षको नारी दिवस साताव्यापी मनाइएको छ । लोकगित तथा नृत्य प्रतियोगितामा छाउपडी, बालविवाह, घरेलु हिंसाको विषयहरु समेटिएको थियो ।

८ ओटा समूहको सहभागिता रहेको प्रतियोगितामा दिपा बुढाको समुह प्रथम, गिता खरालको समुह दोस्रो, धनरुपा बिकको समुह तेस्रो स्थान हाँसिल गरेका छन् । बिजेतालाई पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति ईन्द्र रावल, नगर सभापति कृपाराम थापा लगायत संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यता र उप प्रमुख मुक्ति रेग्मीको बिशेष आतिथ्यतामा वडा अध्यक्ष हरुको उपस्थितीमा भएको र कार्यक्रम महिला सञ्जाल संस्थाका अध्यक्ष कमला पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

पञ्चपुरीमा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस

एमसीसीका विरुद्धमा सल्लीवजारमा बिप्लबको प्रदर्शन

पञ्चपुरीमा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस

वीरेन्द्रनगरमा खेलाैना सामाग्री निर्माण तालिम सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *