एमसीसीका विरुद्धमा सल्लीवजारमा बिप्लबको प्रदर्शन

दुर्गा विसि
सल्लीबजार, २४ फागुन ।
सल्यान सल्लीवजारमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) को विरोध प्रदर्शन भएको छ । एमसीसी पारित दलका विरुद्ध चर्काे नारावाजी र रयालि पछि कोण सभामा परिणत भएको थियोे । रयालीमा राष्ट्रघाति, देशघाति, राष्ट्र विघटन, देश वेचुवा सरकार मुर्दावाद, भष्ट्राचारी जनप्रतिनिधि मुर्दावाद लगायतका नारा लगाएको थियोे ।

साथै कोण सभामा विप्लवका जिल्ला कमिटी सदस्य कालुराम वादीले बनगाड कुपिण्डेको कमिसन तन्त्रको एक एक हिसाब÷किताब हुने जनाए । शिक्षक भर्ती गर्दा कमिसन, विकास निर्माण, ठेक्का पट्टा लगायतका कमिसन कम्पनीहरुको कालोमोसो र जुत्ताका माला लगाउने दिन नजिँकिदै गरेको जनाए ।

भष्ट्राचारी स्थानीय सरकार मुर्दावादका नारा समेत लगाएको थियोे । अझै एमसीसी पास गरेर आधा देश बेच्दै गरेको समेत बताएको छ । बनगाड कुपिण्डे नगरपालिका इन्चार्ज तथा जिल्ला पार्टी सदस्य गणेश क्षेत्रीले हाल देशको विधमान परिस्थिति निम्त्याउने हालका ठुला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र यसका मुख्य दोषी रहेको जनाए ।

कोण सभालाई विप्लव नगर इन्चार्ज क्षेत्री र वादीले कडारुपमा सम्बोधन गरेका थिए । यहाँको स्थानीय तहको भष्ट्राचारीलाई नजिकैबाट विप्लव निकट पार्टीले निगरानी राखेको जनाएको छ । हाल जनप्रतिनिधिहरु भष्ट्राचार गरेको रकमले ठुला घर महल, काठमाडौं र विभिन्न शहरमा घर,घडेरी किन्नमा व्यस्त रहेको दावि छ ।

भ्रष्टितहरुलाई जनताले नग्याउनु पर्ने बताइएको थियोे । अबको गद्दार को राष्ट्रवादी भने कुरा जनताले बेलैमा चिन्ने अवस्था सृजित भएको बताएको थियोे । एमसीसीका विरुद्ध सल्लिवजारमा भएको प्रदर्शन तथा सभाको सञ्चालन सेजन चन्दले गरेको बताएको छ ।

एमसीसीका विरुद्धमा सल्लीवजारमा बिप्लबको प्रदर्शन

लाखुरी बोटमा विद्युत बिस्तार, स्थानीयमा खुशीयाली

एमसीसीका विरुद्धमा सल्लीवजारमा बिप्लबको प्रदर्शन

पञ्चपुरीमा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस

Leave a comment

Your email address will not be published. Required fields are marked *