लाखुरी बोटमा विद्युत बिस्तार, स्थानीयमा खुशीयाली

प्रचण्ड खत्री
रुकुम पश्चिम, २४ फागुन ।
रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नम्बर ५ लाखुरी बोटमा विद्युत बिस्तार गरिएको छ । गाउँमा पहिलो पटक विद्युत बिस्तार हुदा स्थानीय खुशी भएको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम अन्तर सानिभेरी नोलाईट सेवाका इन्चार्ज भुबन केसीले जानकारी दिए ।

गाउँगाउँमा विद्युत सेवा बिस्तार गरिँदै गएको छ । नेपाल विद्युत प्राधिकरणले ठेकेदारमार्फत विद्युत बिस्तार गरेको थियो । विद्युत बिस्तार भएपछि त्यस गाउँका १५० घरधुरीले सेवा लिने भएका छन् ।

त्यस गाउँमा नेपाल विद्युत प्राधिकरणमार्फत पहिलो पटक विद्युत पुगेको हो । विद्युत बिस्तार भएपछि स्थानीय बासीन्दाले नाचगान गरेर खुशीयाली मनाएका छन् । रुकुम पश्चिमका झण्डै ८५ प्रतिशत गाउँमा विद्युत पुगिसकेको छ र अन्य ठाउँमा काम जारी रहेको छ ।

रुकुम पश्चिमका ६ वटा स्थानीय तहका विभिन्न गाउँमा विद्युत बिस्तार भएको छ । पहिला सोलारको भरमा जीवन निर्बाह गरेका नागरिक अहिले उज्यालोको मुख देख्न पाउँदा खुसी भएको बाँफिकोट–५ का स्थानीय ठकेन्द्र केसीको भनाई छ ।

विद्युत प्राधिकरणसंगै रुकुम पश्चिममा स्यार्पु साना जलविद्युत बाफिकोट भाग्लेबाट बाँफिकोट गाउँपालिका सबै वडा र मुसिकोटका केही वडाका स्थानीयले विद्युत उपभोग गर्न पाएको बाँफिकोट २ का वडा अध्यक्ष धनबहादुर खत्रीले बताए ।

त्यस्तै नबभिजन सहकारी संस्था लि. मार्फत विद्युत उत्पादन गरी रुकुम पश्चिम १ नम्बर वडा र रुकुम पूर्बको केही भागमा विद्युत बिस्तार गरिएको सहकारीका अध्यक्ष दिपेन्द्रकुमार मल्लले बताए ।

यसले गर्दा रुकुम पश्चिमका स्थानीयमा खुसियाली छाएको छ । पहिला सल्लाको दियालो र मट्टीतेलको भर परेका स्थानीय अहिले विद्युत उपभोग गर्न पाएका छन् ।

लाखुरी बोटमा विद्युत बिस्तार, स्थानीयमा खुशीयाली

सम्पादकीय : आयोजनालाई गति देऊ

लाखुरी बोटमा विद्युत बिस्तार, स्थानीयमा खुशीयाली

एमसीसीका विरुद्धमा सल्लीवजारमा बिप्लबको प्रदर्शन

Leave a comment

Your email address will not be published. Required fields are marked *