सम्पादकीय : आयोजनालाई गति देऊ

यसले आयोजनाको भविस्यमा नै आशंका पैदा भएको छ । आयोजनाको दोस्रो चरणको काम अन्तर्गत भेरी नदीमा बाँध निर्माण र विद्युत उत्पादनका लागि पावरहाउस निर्माण लगायतका काम छन् ।
साथै प्रभावित क्षेत्र जहाँ बाँध निर्माण हुँदा डुवानमा पर्ने स्थानका बासिन्दाले पनि हालसम्म मुआब्जा पाउन सकेका छैनन् । स्थानीयसँग जग्गाको लालपूर्जा छैन ।
लालपूर्जा नभएका कारण अधिकांश परिवारले आयोजनाबाट मुआब्जा पाउन सकेका छैनन् । यसले पनि स्थानीय स्तरमा कामको गतिमा ढिलाइ भएको देखिन्छ । साथै अन्य निर्माणका कामले पनि गति लिन सकेको छैन ।
विगतमा कोरोना महामारीले आयोजनाको काममा अवरोध गरेको थियो । तर पछिल्लो समय कोरोनाको प्रभाव कम छ । तर पनि आयोजनाले अपेक्षाअनुसार प्रगति लिन सकिरहेको छैन । कामको गति नबढेका कारण आयोजना सम्पन्न हुन समय लाग्ने देखिएको छ ।
देशकै गौरवको यो आयोजना समयमै सम्पन्न हुनु पर्दछ । कुनै पनि बहनामा आयोजनालाई पछाडि धकेलिनु हुँदैन । केन्द्र सरकारको लगानीमा निर्माण हुन लागेको यो आयोजना समयमै सम्पन्न नहुँदा यसको लागत पनि बढेको छ । लागत बढ्नु भनेको राज्यलाई आर्थिक भार थपिनु हो । त्यतिमात्र होइन, नागरिकले आयोजना समयमै सम्पन्न हुँदा लाभ लिन सक्थे ।
तर आयोजनाको गति सुस्त भएमा आयोजनाले दिने लाभ पनि घट्न जान्छ । तसर्थ देशकै गौरव गर्न लायक यो आयोजनाको कामलाई अब तीव्रता दिनै पर्दछ । यसका लागि स्थानीय तहमा देखिएका मुआब्जा लागायतका समस्याहरु चाँडै समाधान हुन आवश्यक छ ।
यस्तै प्रदेश सरकारले पनि यो आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहजीकरण र निगरानी गर्न आवश्यक छ । यसो भएमा आयोजनाले गति लिनसक्छ । काम समयमै सम्पन्न भएमा आयोजनाले दिने लाभ पनि नागरिकले चाँडै पाउनेछन् । लागत पनि घट्नेछ ।






