सुर्खेतमा एमालेबाट प्रतिनिधि सभातर्फ धुव्रकुमार शाही र अमृत विसीलाई टिकट

सुर्खेत,२१ असोज ।

नेकपा एमालेले सुर्खेतमा प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि उम्मेदवारको टुंगो लगाएको छ । एमालेले प्रतिनिधि सभा सुर्खेत क्षेत्र नम्वर १, मा धुव्रकुमार शाही र क्षेत्र नम्वर २, मा अमृत विसीलाई उम्मेदवार बनाएको हो । शाही निवर्तमान पार्टी जिल्ला अध्यक्ष हुन भने विसी वर्तमान पार्टी जिल्ला अध्यक्ष हुन् ।

दुबै जना पार्टीपंत्ती भित्र स्वच्छ, ईमानदार छवि बनाएका नेताका रुपमा हेरिन्छ । उसो दुबै जना संगठन निर्माणदेखि विस्तारसम्म ग्रासरुट पकड बनाएका नेता हुन् । उम्मेदरवारका आकांक्षी अरु भएपनि ती दुबै नेतााले प्रतिनिधि सभा टिकट पाउँछन भन्ने पूर्वनुमान सही भएको छ ।

एमालेले उता प्रदेश सभा तर्फ क्षेत्र नम्वर १, मा ठम्मर विष्ट र डण्डीप्रसाद शर्मालाई टिकट दिएको छ भने प्रदेश सभा २, मा यामलाल कंडेल र ताराकेशर गौतमलाई उम्मेदवार बनाईएको छ । क्षेत्र नम्वर १, बाट ठम्मर विष्ट क्रान्तिकारीधारको नेतृत्व गर्दै जनतासँग प्रत्यक्ष जुडेका नेता हुन भने डण्डीप्रसाद शर्मा बौद्धिकसँगै साँगठनिकरुपमा जिल्लाभरी नै पाका नेताका हेरिन्छन् ।

उता क्षेत्र नं.२ बाट एमाले स्थायी कमिटी सदस्य तथा प्रभावशाली नेताका रुपमा राष्ट्रिय स्तरमै स्थापित यामलाल कँडेल संगठनसँगै आम नेता तथा कार्यकर्तामा भरोसा योग्य मानिन्छन् भने युवा नेता ताराकेशर गौतमलाई पश्चिम सुर्खेतमा जनप्रिय नेताको रुपमा हेरिन्छ ।

कर्णाली प्रदेश सभामा एकल बहुमत हुँदासमेत पहिलो कार्यकाल केन्द्रको निर्णय अनुसार सरकारको नेतृत्व गर्न नदिइएका नेकपा (एमाले) स्थायी कमिटी सदस्य कँडेल पुनः प्रदेश सभामै लड्ने पक्कापक्की भएपछि नेता कार्यकर्ता उत्साहित भएका छन् ।

सुर्खेतमा एमालेबाट प्रतिनिधि सभातर्फ धुव्रकुमार शाही र अमृत विसीलाई टिकट

लोसपा नेताहरु बालुवाटारमा

सुर्खेतमा एमालेबाट प्रतिनिधि सभातर्फ धुव्रकुमार शाही र अमृत विसीलाई टिकट

भीम रावलको क्षेत्रबाट झपट बोहोरा उम्मेदवार

Leave a comment

Your email address will not be published. Required fields are marked *