नयाँ सहरमा सीसीटीभी जडान

दैलेख,२० कात्तिक ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न गर्न आठबिस नगरपालिकाको केन्द्र राकम कर्णाली बजारमा सीसीटीभी जडान गरिएको छ । आठबिस नगरपालिकाको सहयोगमा राकम कर्णाली बजार क्षेत्रमा नौवटा सीसीटीभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले कर्णाली राजमार्गको केन्द्र पर्ने राकम कर्णाली बजारमा शान्ति सुरक्षा र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सीसीटीभी जडान गरिएको बताए । उनले नेपाल सरकारले तोकेका १० नयाँ सहरमध्ये राकम कर्णाली पनि भएको र त्यहाँको बस्ती विकास तीव्र रूपमा बढ्दै गएपछि हुन सक्ने अपराधलाई न्यूनीकरण गर्न सीसीटीभी जडान गरिएको जनाए ।

सीसीटीभी उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियमित अनुगमन, कर्णाली राजमार्गमा हुन सक्ने दुर्घटनालगायतका विषयमा एकै ठाउँमा बसेर हेर्न सकिने गरी सीसीटीभी जडान भएको बताए । उनले आसन्न निर्वाचनका सन्दर्भमा शान्ति सुरक्षाका हिसाबले राकम कर्णाली अलि बढी संवेदनशील क्षेत्र भएकाले पनि सीसीटीभी जडान गरिएको जानकारी दिए ।

आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले प्रहरीलाई शान्ति सुरक्षा प्रदान गर्न सहज पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा सीसीटीभी किनेको बताए । उनले नयाँ सहरमा बस्ती विकाससँगै युवाहरू कुलतमा फस्ने र त्यसको मारमा सिङ्गो समाज पर्ने भएकाले सूक्ष्म ढङ्गले अनुसन्धान गर्न प्रहरीलाई सहयोग पुग्ने विश्वास आफूले लिएको जनाए ।

गोरखापत्र

नयाँ सहरमा सीसीटीभी जडान

चार हिमाली जिल्लामा निर्वाचन सामग्री ढुवानी

नयाँ सहरमा सीसीटीभी जडान

कर्णालीमा छाउप्रथा : भत्काइएका छाउगोठ फेरि ठडिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!