चुनाव प्रचारमा गएको भन्दै आयोगले लगायो वडाध्यक्ष रिजाललाई जरिबाना

काठमाडौं,२० कात्तिक ।

निर्वाचन आयोगले चुनाव प्रचारमा गएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई जरिबाना लगाएको छ । आयोगले ५ हजार जरिबाना लगाएको हो। रिजाल काठमाडौं क्षेत्र नम्बर ६ मा चुनाव प्रचारमा गएको पुष्टि भएको आयोगको भनाइ छ ।

वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको दाबी आयोगको छ ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन गरेको कार्य पुष्टि भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ ।

सेतोपाटी

चुनाव प्रचारमा गएको भन्दै आयोगले लगायो वडाध्यक्ष रिजाललाई जरिबाना

पछिल्लो चरणमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै,सिएमसी

चुनाव प्रचारमा गएको भन्दै आयोगले लगायो वडाध्यक्ष रिजाललाई जरिबाना

१० खेलाडीमा सिमित म्यानचेस्टर सिटीको रोमाञ्चक जित,

Leave a comment

Your email address will not be published. Required fields are marked *