सिके राउतले भेटे कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का

काठमाडौं, १९ मंसिर ।

जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित खड्का र सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राउतबीच आइतबार खड्काको निजी निवास गल्फुटारमा भेटवार्ता भएको हो।

खड्काले राउतलाई उनको पार्टीको विजयका लागि बधाई तथा शुभकामना दिएको बताइएको छ। यस्तै, भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ।

सेतोपाटी

सिके राउतले भेटे कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का

दोलखामा माओवादी केन्द्रको अग्रता कायमै

सिके राउतले भेटे कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का

 दाहालको दोहोरो दाउ

Leave a comment

Your email address will not be published. Required fields are marked *