दोलखामा माओवादी केन्द्रको अग्रता कायमै

काठमाडौं,१९ मंसिर ।

प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३३ हजार ७०७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार ५९३ मत ल्याएका छन्।

७७ हजार ७३४ मत गणनामा शिवाकोटीले मतान्तर घटाउँदै लगेका छन्। एमालेका शिवाकोटी र माओवादी केन्द्रका कार्कीको मतान्तर अहिले ११४ छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३५३५ मत ल्याउँदा राप्रपाका विजय खड्काले १४८४ मत प्राप्त गरेका छन्।

मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुनः मतदान गरिएको थियो।

सेतोपाटी

दोलखामा माओवादी केन्द्रको अग्रता कायमै

सरकारमा जाने विषय प्राथमिकतामा राखेका छैनौं– राजेन्द्र

दोलखामा माओवादी केन्द्रको अग्रता कायमै

सिके राउतले भेटे कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का

Leave a comment

Your email address will not be published. Required fields are marked *