इंग्ल्यान्ड अन्तिम आठमा, सेमिफाइनल पुग्न फ्रान्ससँग भिड्ने

काठमाडौं,१९ मंसिर ।

इंग्ल्यान्ड फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को खेलमा सेनेगलमाथि ३–० गोलको जित निकाल्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो। इंग्ल्यान्डले पहिलो हाफमै दुई गोल गर्न सफल भएको थियो। उसका लागि जोर्डन हेन्डर्सनले खेलको ३८ मिनेटमा पहिलो गोल गरेका थिए। उनले बेलिङघमको पासमा गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा इंग्ल्यान्डले अग्रता दोब्बर पा¥यो। यसपटक ह्यारी केनले गोल गरे। फिल फोडेनले उपलब्ध गराएको पासमा केन सफल भएका थिए । ५७ मिनेटमा बुकायो साकाले इंग्ल्यान्डका लागि तेस्रो गोल गरे। साकालाई पनि फोडेनले नै पास दिएका थिए।

अफ्रिकी च्याम्पियन सेनेगललाई पराजित गरेसँगै इंग्ल्यान्डले अन्तिम आठमा प्रतिद्वन्द्वी साविक विजेता फ्रान्स पाएको छ। फ्रान्सले अन्तिम १६ को खेलमा पोल्यान्डलाई पाखा लगाएको थियो। इंग्ल्यान्ड र फ्रान्सबीच सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार भिडन्त हुनेछ ।

इंग्ल्यान्ड अन्तिम आठमा, सेमिफाइनल पुग्न फ्रान्ससँग भिड्ने

चुनावसँगै एमालेसँग सहकार्यको कोर्स सकियोः उपेन्द्र यादव

Leave a comment

Your email address will not be published. Required fields are marked *