सुर्खेतमा पहिलो पटक सुरु भयो नेपाल युरोपियन युनियन चलचित्र महोत्सव

सुर्खेत,१९ कात्तिक ।

नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औं संस्करण सुर्खेतमा पहिलो पटक सुरु भएको छ । शनिवार पत्रकारहरुको भेला गरी चलचित्र महोत्सवको उदघाट्न गरिएको हो । चलचित्र महोत्सव कार्तिक १९ देखि २२ गते अर्थात नोभेम्बर ५ देखि ८ सम्मसम्म चल्ने गरी मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना भएको छ ।

यो वर्ष पनि नेपालस्थित युरोपियन युनियनको डेलिगेशलेनले ११ औंँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सवमार्फत १३ युरोपेली र ३ नेपाली चलचित्र नेपाली दर्शकश्रोताहरूमाझ पस्किँदै छ । नेपाल युरोपियन युनियन चलचित्र कार्तिक ११ देखि १५ गते सम्म चलचित्र विकास बोर्डमा भएको थियो भने सुर्खेतमा कार्तिक १९ गते शनिवारदेखि कार्तिक २२ गते मंगलवार सम्म ५ युरोपियन तथा ३ नेपाली चलचित्र गरी जम्मा ८ चलचित्र प्रदर्शित गरिने छन् ।

यो वर्ष चलचित्र भौतिक र अनलाईन माध्यम गरी मिश्रित विधिवाट महोत्सव आयोजना गरिने भएको छ । अक्टोवर २८ मा भौतिक कार्यक्रम सहित अनलाईन कार्यक्रम समेत सुरु हुनेछ । जुन नोभेम्बर २८ सम्म उपलब्ध हुनेछ । अनलाईन चलचित्र महोत्सवमा नेपाली वृतचित्त गोर्खा गर्ल सहित आठ चलचित्र हुनेछन ।

सुर्खेतमा शनिवार पत्रकारहरु सँग कुराकानी गर्दैं नेपालस्थित युरोपेली युनियनको युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले “दुई वर्षको अन्तरालपछि सिनेमाहलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौं । सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम भएको छ ।

उनले हामीलाई सिनेमा प्रदर्शित गर्न यो अवसर दिएकोमा मध्यपश्चिम विश्व विद्यालयका उपकुल पतिलाई धन्यवाद दिएकी छन् । १३ युरोपियन चलचित्र मध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार ले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’ मा नेपाली सव्टाईटल हुने बताइएको छ । आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’ महोत्सवको ओपनिङ्ग चलचित्र हुने छ । चलचित्र महोत्सवका आकर्षणहरूमध्ये एक ‘ऐना झ्यालको पुतली’ हो ।

यस चलचित्रले महोत्सवको समापन गर्ने छ । यो नेपाली कथानक चलचित्रले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको छ तथा यस वर्ष नेपाललाई प्रतिनिधित्व गर्दै अस्कर अवार्डमा पठाइएको छ । महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी छन् । किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गर्ल्स उत्सवमा देखाईने अन्य दुई नेपाली चलचित्रहरू हुन् ।

सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरुलाई लागि मास्टर क्लास सञ्चालन गर्ने कार्यक्रम पनि रहेको छ । यो कार्यक्रम कार्तिक २२ गते दिउँसो १ः३० को समयमा सञ्चालन गरिने छ । महोत्सव अन्तर्गत दुवै भौतिक र अनलाईन मार्फत प्रदर्शित हुने चलचित्र निशुल्क हेर्न सकिने छ ।

सुर्खेतमा पहिलो पटक सुरु भयो नेपाल युरोपियन युनियन चलचित्र महोत्सव

वर्तमान सरकारसँग देश बनाउने भिजन छैनः केपी

सुर्खेतमा पहिलो पटक सुरु भयो नेपाल युरोपियन युनियन चलचित्र महोत्सव

पछिल्लो चरणमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै,सिएमसी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!