रौनक छाँउदै मटेला ठाँटी मेला : भलिबल तर्फ प्रथम पुरस्कार एक लाख

घनश्याम राना
सुर्खेत,१८ कात्तिक ।

परापुर्व कालदेखी लाग्दै आएको ठाँटी मेला यसपटक पनि मेलाको रौनकता बिस्तारै देखिदै छ । चिङ्गाड क्षेत्रकै सबैभन्दा ठुलो मेलाको रुपमा रहेको यो मेलाले यहाँको कला संस्कृतिको संरक्षण र प्रबर्द्धनमा टेवा पुर्याउनुका साथै नयाँ पुस्तालाई समेत झझल्को स्मरण गराउने गरेको छ ।

यो पटक पनि ठाँटी बजार ब्यबस्थापन समितीले मेलालाई मर्यादित बनाउन लागि परेको छ। सरसफाइ देखि सुरक्षा ब्यबस्था समेत गरिसकेको छ । परम्परागत लहरे नाच, झाँक्री , पन्चेबाजा , मयुर नाच , सिङ्गारु जस्ता झलकहरु यो मेलामा आजको समयमा पनि देख्न पाईन्छ। पहिलो दिन मेला जहाँबाट मेला भर्न आउने मेलारीहरु वारीपारी डाँडामा झर्दै गर्दा निकै रमाईला दृश्य देख्न सकिन्छ ।

मेलाको अघिल्लो साझमा नै टाढाबाट स साना चिया नास्ताको व्यापार ब्याबसायलाई मेलाको दिन आईपुग्ने मेलारीहरुलाई पेटको झगडा लाई शान्त पार्न खानेकुरा पकाउनमा जुटिरहेका हुन्छन । चिङ्गाड खोला कलकल शान्त तरीकाले आफ्नै धुनमा बगिरहेको छ।

बिचमा खोला वारि पारी बजार धुलो मैलोमा जति लुटपुटिदै बजार झरेपनी बगिरहेको पानीले मनै शान्त हुनेगरी सफा गरिदिने गर्दछ। विशेष त यो ठाटी मटेला दैलेख जाजरकोट र सुर्खेतको संगमस्थलको रुपमा रहेको छ यहाँ मेला भर्नको लागि दैलेखको गुराँस गाउपालिका संगै जाजरकोटको सिवालय गाउँपालिका , सुर्खेतको सिम्ता गाउँ पालिका र लेकबेशी नगरपालिका देखि विशेष उपस्थिती रहने गर्दछ।

मेलाको बिहान करिब ९–१० बजे तिर शरिरमा सजावटका नयाँ कपडा र अनुहारमा लाली पाउडर कुना कन्दरामा बसेर लगाउने महिलाहरुको जमघट उत्तिकै देखिने गर्दछ। मेलामा करिब १२–१ बजे तिर सबै मेला भर्नेहरुको बाक्लो उपस्थितिले मेलाको रौनक नै बद्ल्ने गर्दछ ।

सबै प्रकारका मयुर नाच, पन्चेबाजाको तालामा नाचिरहेका खाईलाग्दा बैसले ओतप्रोत जवान ठिटाहरु , ढल्किएर नाचिरहेका सिङ्गारु नाच , चर्के पिङमा चचहुई गरेर मच्चिदै गरेको पिङ्मा जोडी नै बनेर बसेका प्रेमिल जोडिले मेलाको आकर्षण लुटेको हुन्छ। पाउडर लगाएको रातो गालामा सेतो धुलोले भरिएको बेलुका पख मात्रै थाहा हुन्छ ।

यति मात्रै कहाँ होर फर्केर हेर्दा यो मेला भेटघाट तथा सन्देश आदानप्रदान हुने गर्दथ्यो । यहि ठाटी मेलालाई भाका राखेर भेटघाट गर्ने चलन आज पनि छुटपुटमा भेटिन्छ । कहाँ हुन्थ्यो र चिट्ठी पत्रको जमाना आपसमा मनका बह मेट्ने बुढापाकाको ठाडो भाका अचेल भेटिदैनन ।

यहि मेलाबाट धेरैको घरबार भएको कुरा बताईरहनु नपर्ला कि ? जेरि जस्तै मिठा मान्छे खुर्सानीको पकौडा बन्न कोहि आएका हुदैनन् । मुख्यतय फलफूलको ब्यापार हुने गर्दछ केरा , बेलौती, सुन्तला , बदाम लगायत विभिन्न फलफूल ल्याएर मेला भर्न आईपुगेकाहरुलाई चखाउन आजपनी छोडेका छैनन् ।

मेलाको दोस्रो दिन देखि भलिबल तथा साँस्कृतिक कार्यक्रमको तामझाम निकै हुने गर्दथ्यो। भलिबल मन पराउनेहरु भलिबल साँस्कृतिक मन पराउनेहरु लोकदोहोरी नाचगान सबैलाई आ आफ्नै स्वाद चखाउने आयोजक लागिपरेको छ ।

आयोजक ठाँटी बजार व्यवस्थापन समितिका अध्यक्ष महेश जिसीले भलिबलतर्फ प्रथम हुनेलाई १ लाख , दोस्रो पुरुस्कार ७० हजार र तेस्रो पुरुस्कार ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको बताएका छन् । दर्ता शुल्क ५ हजार रहेको छ भने टीम दर्ता कात्तिक २३ गते बिहान ८ बजेसम्म गरिसक्नुपर्ने जनाईएको छ ।

उनका अनुसार खेलमा सहभागी हुने खेलाडी टिमले खाना बस्नको व्यवस्था स्वयम् आफैले गर्नु पर्ने छ । साथै टीम दर्ता गर्दा खेलाडीले आफ्नो परिचय खुल्ने कुनै पनि प्रमाण पत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने सूचनामा भनिएकोे छ । मेला कात्तिक २२ गते देखि २६ गते सम्म लाग्दै छ ।

रौनक छाँउदै मटेला ठाँटी  मेला  : भलिबल तर्फ प्रथम पुरस्कार  एक लाख

देशको समृद्धीका लागी एमालेले जित्नु आवश्यक– डण्डी

रौनक छाँउदै मटेला ठाँटी  मेला  : भलिबल तर्फ प्रथम पुरस्कार  एक लाख

YUGAAWHAN NATIONAL DAILY (2079-07-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *