देशको समृद्धीका लागी एमालेले जित्नु आवश्यक– डण्डी शर्मा

सुर्खेत,१८ कात्तिक ।

निर्वाचन क्षेत्र नम्वर १ प्रदेशसभा ख मा दलहरुले चुनाव लक्षित घरदैलो अभियानलाई तिब्र गतिमा अघी बढाईरहेका छन् । आगामी मंसिर ४ को निर्वाचन नजिकिएसँगै अरु वेला गाउँघरमा नदेखिने नेताहरु यतिबेला गाउँघरमा पसिरहेका छन् । उम्मेदवारहरुले यतिवेला घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन ।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिए पनि उम्मेदवारहरुले पुरानै चुनावी एजेण्डा लिएर चुनावी मैदानमा होमिएका छन । सुर्खेत क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डण्डी प्रसाद शर्मा पनि चुनावी मैदानमा होमिएका छन । शर्माले यतिवेला घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन ।

शर्माले पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले मतदाताको घरघरमा पुग्न थालेका छन । शर्माले निर्वाचन क्षेत्रमा भए गरेका विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा विकास नै आफ्नो सबैभन्दा ठुलो एजेण्डा रहेको बताउने गरेका छन् ।

शिक्षाको क्षेत्रको गुणष्तरीयता वृद्धी गर्ने एजेण्डा बोकेका शर्मा जनताले मत दिई संसदमा पुगेको अवस्थामा बोलेर भन्दा काम गरेर देखाउने दावी गर्छन् । उनले आम कर्णालीवासीको समस्या नै आफ्नो समस्या भएको बताएका छन ।

उनले नेकपा एमालेका उम्मेदवारले समाजलाई बुझेर जनतामा सामु गएको तथा मंसिर ४ को निर्वाचन एमालेले जितेपछि जनताका मागहरुलाई पुरा गर्ने गरि योजना बनाएको बताएका छन । जनता अन्य कुनै पनि पार्टीको पक्षमा नभई नेकपा एमालेको पक्षमा भएको दाबी गर्दै । आगामी मंसिर ४ को निर्वाचनमा जनताले नेकपा एमालेलाई बहुमतले विजया गराउने कुरामा विश्वस्त रहेको उनि बताउँछन् ।

देशको समृद्धीका लागी एमालेले जित्नु आवश्यक– डण्डी शर्मा

तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी

देशको समृद्धीका लागी एमालेले जित्नु आवश्यक– डण्डी शर्मा

रौनक छाँउदै मटेला ठाँटी मेला : भलिबल

Leave a comment

Your email address will not be published. Required fields are marked *