एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरु हुँदै

काठमाडौँ,१८ कात्तिक ।

नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् ।

ओली बिहीबार नै धनगढी पुगिसकेका छन् । एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो । ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् । एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ ।

एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरु हुँदै

स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर विकास गर्नुपर्छः

एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरु हुँदै

मतदाता नामावलीबाट दुई लाख ५० हजार मतदाताको

Leave a comment

Your email address will not be published. Required fields are marked *