स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर विकास गर्नुपर्छः उपेन्द्र यादव

काठमाडौं,१८ कात्तिक ।

निष्पक्ष निर्वाचन हुने राष्ट्रपतिजनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाइ विकास कार्यलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग बिहीबार भेटघाटको क्रममा उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निर्माण कार्य अगाडि बढेसँगै सप्तरीको विकासको आधार शिला प्रारम्भ भइसकेको बताए ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष यादवले सप्तरीमा विशिष्ट सेवा भएको अस्पतालको रुपमा पूर्वाधार निर्माणको कार्य अगाडि बढिसकेको बताए।

प्रदेश १ अन्तर्गत विराटनगर र धरानको विकासले गति लिएको चर्चा गर्दै उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्वी नेपालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिको ठूलो मेडिकल केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशप्रसाद साहले उपकरणको व्यवस्था भए पनि प्राविधिक र आवश्यक जनशक्ति अभावले सेवा प्रभावित हुने गरेको बताए। दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाप्रवाहमा कठिनाइ हुने गरेकाले रिक्त पदपूर्तिका लागि पहल गरिदिन उनले आग्रह गरेका थिए ।

सेतोपाटी

स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर विकास गर्नुपर्छः उपेन्द्र यादव

निष्पक्ष निर्वाचन हुने राष्ट्रपतिको विश्वास

स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर विकास गर्नुपर्छः उपेन्द्र यादव

एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरु हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *