घाँटीमा मासु अड्किएर एकको मृत्यु

चितवन, १८ असोज ।
मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन् ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो। पुरानो मेडिकल कलेज पु¥याउना साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सेतोपाटी






