एक वर्षपछि ढुवानी अनुुदानको नुुन हेलिकोप्टरबाट ढुवानी सुुरु

हुम्ला, १८ असोज ।

गत असार महिनाभित्र ओसार्नुपर्ने साल्ट टेडिङ कर्पोरेशनको ढुवानी अनुदानको नुुन बल्ल ढुवानी सुुरु भएको छ । ढुवानीको जिम्मा पाएको सीता एयरले समयमै ढुवानी कार्य नगरेका कारण सो नुुन एक वर्षपछि ढुवानी सुुरु भएको हो ।

कर्पोरेशन हुुम्लाका प्रमुख राजबहादुुर लामाका अनुुसार अघिल्लो आर्थिक वर्षमा ढुवानी हुनुपर्ने ढुवानी अनुदानको नुुन अहिले आएर बल्ल सुुरु भएको छ ।

सुर्खेतबाट पैदल मार्गबाट जिल्लाको सलीसल्लासम्म ढुवानी भएर आउने र त्यताबाट हेलिकोप्टरमा सिमकोट ढुवानी सुुरु भएको हो । कर्पोरेशनले नुुन ढुवानीका लागि आशयपत्र आव्हान गर्दा प्रतिकेजी ७८ रुपियाँमा सुर्खेतबाट ढुवानी गर्ने गरी सीता एयरले सो काम पाएको थियो ।

सप्लायर्स सीता एयरले अहिले हेलिकोप्टरबाट उक्त नुुन प्रतिकेजी ६६ रुपियाँमा बोक्न बाध्य हुँदै आएको छ । सुुर्खेतबाट सलीसल्लासम्म प्रतिकेजी १२ रुपियाँ ढुवानी तिर्नुपर्छ । जब कि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न सलीसल्लाबाट सोही हेलिकोप्टरले प्रतिकेजी एक सय रुपियाँमा ढुवानी गर्दैै आएको छ ।

हालसम्म साढे तीन सय क्विन्टल नुुन सलीसल्लाबाट ढुवानी भइसकेको छ । अघिल्लो आर्थिक वर्ष ०७८।७९ मा हुम्लाको लागि दुुई हजार दुुई क्विन्टल कोटा थियो । प्रमुख लामाले सबै नुुन सलीसल्लामा आइसकेकाले बाँकी नुुन पनि असोज मसान्तसम्म सिमकोट ढुवानी हुने बताए ।

गोरखापत्र

एक वर्षपछि ढुवानी अनुुदानको नुुन हेलिकोप्टरबाट ढुवानी सुुरु

आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं

एक वर्षपछि ढुवानी अनुुदानको नुुन हेलिकोप्टरबाट ढुवानी सुुरु

पहिरोले नहर भत्काएपछि सिमकोटमा विद्युत् सेवा अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!