प्रहरी चाैकी चुहिने घरमा

हुम्ला,१९  भदौ  ।

जनताको सुरक्षामा खटिएका प्रहरी आफैँ पानी चुहिने घरमा बस्न बाध्य भएका छन्। उत्तरी चीनसँगको सीमाको यारी प्रहरी चौकीका प्रहरीहरू आफ्नै भवन नभएकाले भाडा लिएको माटोले छापेको घरमा बसेका छन्।

प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक तेजबहादुर ऐरीले माटोले छापेको घर भएका कारण पानी पर्नेबित्तिकै चुहिने गरेको बताए । चौकीमा खटिएका प्रहरी पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने वा स्लिपिङ ब्यागभित्र बस्नुपर्ने बाध्यता रहेको छ। उनले यस्तो समस्या हरेक वर्ष प्रहरीले भोग्दै आएको बताए । एकतले र माटोले छापेको घर भएका कारण पानी पर्दा एउटै कोठामा दसतिर पानी चुहिने समस्या भोग्नुपरेको उनको भनाइ छ।

सो चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी खटिएका छन्। जनताको सुरक्षामा खटिने प्रहरी आफैँ समस्यामा पर्दा काम गर्ने मनोबल घट्ने प्रहरीको भनाइ छ। चौकीका लागि भाडामा लिएको घरका सबै कोठाको अवस्था उस्तै छ भने पानी चुहिएपछि कार्यालयका कागजात नचुहिने स्थानमा लगेर सुरक्षित राख्नुपर्ने बाध्यता प्रहरीलाई छ। उत्तरी सिमानाका प्रहरी चौकीको निरीक्षण भ्रमणमा गएकि प्रमुख जिल्ला अधिकारी सीता परियारले जनताको सुरक्षार्थ खटिएका प्रहरीलाई आफ्नै सुरक्षा गर्न कठिन भएको बताइन्  ।

गाेरखापत्र 

जुम्लामा पचास कराेडकाे स्याउ उत्पादन

प्रहरी चाैकी चुहिने घरमा

YUGAAWHAN NATIONAL DAILY (2079-05-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *