जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

धनुषा,१७ मंसिर ।

धनुषामा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको भएको छ भने ९ जना घाइते भएका छन । शनिवार बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बोकेर इँटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेहरुमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल धनुषा पठाइएको छ ।

मृत्यु हुनेहरुमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साह बाहेक अन्यको परिचय खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सल्यान पश्चिममा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

कांग्रेस महामन्त्री शर्मालाई कागती र खुर्सानीको मालाले

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!