सल्यान पश्चिममा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

दुर्गा वि. सि.
सल्यान, १७ मंसिर ।

समावेशी विकासका लागि रुपान्तरित समाधान पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावाल सृजनाशिलताको प्रावधान भन्ने मुल नारा तय गरिएको ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । कार्यक्रमको अपाङ्ग नव जनचेतना केन्द्र बनगाड कुपिण्डे नगरपालिकाको आयोजना र सिएमसी नेपालको सहयोगमा सो दिवस मनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिका स्थित अपाङ्ग व्यक्तिहरुको उपस्थितिमा ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाएको छ । अपाङ्ग व्यक्तिहरुलाई राज्यले दिने विभिन्न खाले सेवा सुविधाको वारेमा जानकारी गराएको छ ।

शिक्षा,स्वास्थ्य,रोजगारि र पहुच स्थलमा अपांग व्यक्तिहरुलाइ पहिलो प्राथमिकता राखेको छ तथापि राज्यले विशेष आरक्षणको समेत व्यवस्था गरेको जनाएको छ ।ती राज्यले दिएका सुविधामा अपाङ्ग व्यक्तिहरुले सेवा लिनुपर्ने जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाबाट पाउनुपर्ने हरेक सेवा सुविधामा वञ्चित गरेको उनिहरुको दुखेसो रहेको छ ।राज्यले अपाङ्गता व्यक्तिको विशेष कार्यक्रम विनियोजन वजेट समेत कार्यक्रम लागू नगरि अन्य क्षेत्रहरुमा प्रयोग गर्ने गरेको जनाएको छ ।जस्तै अपाङ्गता वर्गीकरणमा समेत अनावश्यक दुख झेलिरहेको उनिहरुको भनाइ रहेको छ ।

अपाङ्ग जनचेतना केन्द्र बनगाड कुपिण्डे नगरपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टेकबहादुर पुनले नगरपालिकाले नै अपांगता भएका व्यक्तिलाई विभेद गरेको जनाए ।नगरपालिकाको अपांग व्यक्तिहरुका लागि हुने गरेका हरेक भेदभावको उपाध्यक्ष पुनले दुख व्यक्त गरे ।

हाम्रो यो कार्यक्रम नआएर जनप्रतिनिधि तथा नगरका कार्यालय प्रमुखहरुले जुन खाले विभेद गरे हो त्यसरी नै हामिहरुका सेवा सुविधामा वञ्चित गरेको पुनको भनाइ छ ।कार्यक्रम सिएमसी नेपालका सल्यान प्रतिनिधि दोर्न्न यरिले अपांगता भएका व्यक्तिहरुलाइ राज्यले दिएको सहुलियत र सेवाहरुका वारेमा जानकारी गराएका थिए । वडा सदस्य लोकवहादुर वुढाको प्रमुख आतिथ्यतामा दिवस मनाइएको थियोे ।

१६ वर्षपछि सुर्खेतमा गुञ्जिदै नेपथ्य

सल्यान पश्चिममा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *