पुस्तक अंश : शून्यको मूल्य सास, साहस र स्नेहको कथा

स्याउ खान्या हौ, डाक्साप हुम्लाको ?
सुर्खेत,१७ मंसिर ।

पुरानो अलिकति प्वाल परेको चाम्रिएको प्लाष्टिकको झोलाभित्र चार दाना गिलागिला स्याउ । उसका आँखाभित्र टल्केको आँसुको माया सागर । अनुहारको नम्र कृतज्ञता भावसँगै उसले आफ्नो खुशी र कृतज्ञता जाहेर ग¥यो । यो ४८ घण्टामा डाक्टर उसको प्यारो मान्छे भएको थियो ।
ऊ डाक्टरलाई खुशी देख्न चाहन्थ्यो । अहिले आपूmले पाएको जस्तै, जस्तै सायद । नेपालीहरुको मन चन्द्र हो । सूर्य हो । यहि झण्डाको किनारा झै नीलो अथाह आकाश पनि हो । उसले यहि नेपाली मन पोख्न खोजेको थियो । डाक्टरलाई ऊप्रति एउटा नयाँ प्रकारको माया जाग्यो ।
थोरै आधा आधा अँगालो हालेर उसका कानमा केही फुक्दै उसलाई आफूतिर तान्यो, अनि सुटुक्क केही बोल्यो, “हिँड भाइ, गफ गरौं ।” दुबै जना इमर्जेन्सीबाहिर निस्किए । इमर्जेन्सीबाट उनीहरु बिरामी जाँच्ने (ओपीडी) तर्फको यात्रामा थिए । करिब पाँच मिनेटको बाटोमा केवल हुम्ली भाई मात्र बोलिरह्यो ।
आज उसको मन खुलेको आकाश जस्तै खुला भएको थियो । बन्द गर्ने बटन बिग्रेर नरोकिने रेडियो हुन्छ नि कहिलेकाहीँ ? हो, त्यस्तै जस्तो भएको थियो ऊ । ऊ मात्रै एकोहोरो मार्फा, चौंरीको छुर्पी अनि यस पटकको हेलिकप्टरको सातो जाने यात्रा सुनाएर भ्यायो । मानिसभित्र एउटा अचम्मको प्रित हुन्छ ।
आपूmलाई मन परेको हरेक चिजसँग ऊ गाँसिन चाहन्छ । यो अचम्मको प्रितले गाँसिन चाहन्छ । यहि अचम्म हो, उसले ढुङ्गा जोडेर आफ्नो घर बनाउँछ । साथीहरु, सम्बन्धहरु अनेक कुरामा उसले आफ् नो केही न केही खोज्छ । होइन, सायद मानिस यिनीहरुमा आफूलाई खोज्छ, अनि देख्छ पनि।
जहाँ उसले माया देख्छ, मित्रता देख्छ, सुरक्षा पाउँछ । आफूभित्रको त्यो अचम्मको प्रितले ऊ आफूभित्रको त्यहि व्यक्ति, कुरा देख्छ, जो ऊ आफूपनि हो । आखिर संसारको हरेक चीजमा अर्को हरेक चीजसँग हुने कुराहरु हुन्छन् । बिरामीको बाउले डाक्टरमा आफ्नो केही देखेको थियो ।
ऊ डाक्टरको केही हुन चाहन्थ्यो । मित्र, परिवार, केही न केही । यो उसको त्यो अचम्मको मानवीय प्रितको कमाल थियो । यी हुम्लाका स्याउका दानामा डाक्टर एकछिन घोरियो । उसलाई जाजरकोटबाट मह ल्याउने, कालीकोटबाट कोदोको पीठो पठाउने अनि दुल्लुबाट घिउ ल्याउने बिरामी मान्छेका गाउँलेहरुलाई सम्झियो ।
उसको छाती सम्झनाको गतिको धारले च्यात्तिएला झैं भयो । कर्णालीमा उसलाई कृतज्ञता दिन गाउँका विशेष कुराका उपहार दिनेहरु धेरै भइसकेका रहेछन् । हुम्ली बाउले उसलाई यो अनुभूति दियो कि डाक्टरको त्यो अचम्मको मानवीय प्रित बढिरहेको थियो ।
उसलाई महशुस पनि भयो कि, अब कुनै दिन पूरै समाजमा उसले आफ्नालाई मात्र देख्नेछ । अनि अन्त्यमा तिनीहरुमा आफूलाई अर्थात् म नै ब्रम्हाण्ड हुँ । यो मान्छेभित्र हुने अचम्मको ‘मानवीय प्रित’ सबैमा ढिलोचाँडो पलाओस् । हरेकले यो अमृतभोग गर्न पाऊन् ।
उसले मनमनै अनि मनभरि पूरै दुनियाँका लागि एउटा सच्चा प्रार्थना ग¥यो । दिन बित्दै गए । रोग कम हुँदै गयो । केही भेट फेरि भए । अनि उनीहरुको अस्पतालको अन्तिम दिन पनि आयो । डाक्टर आज अस्पताल पुग्दा बेड नम्बर ३ खाली थियो ।
“खाना खान गए कि यिनीहरु ? खै यसको, बाबा डाक्टरको औंलो बच्चोतिर तेर्सियो अनि शब्दहरु चाहिँ आमातिर । उनी ट्वाल्ल परिरहिन् । बोलिनन् । “आज घर जान्या हो है तपाईहरु,” डाक्टरको आवाजको भोल्युम फेरि थोरै उकालो लाग्यो । उनी अझै बोलिनन् ।
टोलाई नै रहिन् । डाक्टरलाई लाग्यो, ऊ पत्थरसँग बोल्दै छ । अब अगाडि बोल्ने कि नबोल्ने ऊ अकमक्क प¥यो । उनीहरुलाई त्यहि छाडेर डाक्टर ओपीडीतर्फ कुद्यो । ओपीडीमा बिरामीको ठूलो भीड थियो । ऊ कोठाभित्र छि¥यो । अलिकति भीड त ऊसँगै भित्र छिर्न खोज्यो ।
बिरामीको नाम बोलाउन खटिएका तारामी सरले दुई हात उठाए, ट्राफिकको आदेश जस्तै । अनि भीड टक्क रोकियो । ऊ कुर्सीमा थ्याच्च बस्यो, घुटुक्क पानी पियो, कलमको बिर्को प्वाट्ट खोल्यो । डाक्टर र तारामी सरको नजर झुलुक्क जुधे । उहाँले इशारा केही बुझ्नुभो अनि जोडले कराउनुभयो, “नम्बर एक सरिता गिरी, नम्बर दुई श्याम विक ।” यत्तिकैमा डाक्टरको नजर अलिकति ढोकातर्फ पनि गयो ।
हुम्लेली आमा र बच्चा डाक्टरको पछिपछि ढोकासम्म आएका रहेछन् । उसको इशारामा तारामी सरले उनीहरुलाई ओपीडीभित्र आउन दिनुभयो । आमा भित्र आइन् । टक्क उभिइन् । उभिइरहिन् । अहँ, उनी केही बोलिनन् यस पटक पनि । डाक्टरले फेरि प्रश्न ग¥यो । उनी फेरि बोलिनन् ।
टोलाईरहिन् । मूर्तिमानव झैं । डाक्टरले उनलाई बुझ्नै सकेन । अनि ऊ आफ्नो काममा व्यस्त भयो । तर आँखाको कुनाले उनीहरुलाई देखिरह् यो । डाक्टरको बिरामी हेर्ने कोठाका भित्ता बहुत रङ्गिएको छ । प्रेम भन्ने चित्रकारले हप्तौं लगाएर कोरेका हुन् ।
त्यो चित्रहरुको भीडमा हात्ति छ, उनले आफ्नो बच्चोलाई हात्ति देखाइन् । त्यसमा बाँदर पनि छन्, उनले बच्चालाई बाँदर नि देखाइन् । भेडाको चित्र त्यति राम्रो छैन । गधा जस्तो देखिन्छ यो भेडाको आकृति । यो चाहिँ डाक्टरले कोरेको हो । चित्रहरु देखाएर सकिए । अनि उनी फेरि डाक्टरको अगाडि आइन् ।
बोलुँला, बोलुँला झै गरिन् । तर बोलिनन् । बाहिर गइन्, फेरि एकैछिनमा भित्र आइन् । उनको यो व्यवहार एक पैसो बुझेन डाक्टरले । उनी अरुभन्दा फरक थिइन् । उनका लागि सायद डाक्टर पनि त फरक थियो होला । डाक्टरले आएका सबै बिरामी हेरेर भ्यायो । टेबलको पानी पनि भ्यायो । अब कोठामा उनी थिइन् ।
डाक्टर थियो । बच्चो थियो । अनि नबोल्ने कसम खाए झैं उनीहरु नबोलिरहे । “डाक्साप, नमस्कार,” हुम्ली बाउ आइपुगे । “कता हराउनुभको तपाई
ठूलो राहतको सास फेरेर डाक्टरले भन्यो । “यी आमाछोरा त यता बरालिएका छन् त ।” उसले दोहो¥यायो । “म गयाँ थिएँ पैसो लिन। भाई छ, तल मिलाँ काम गथ्र्यो । खै हराएछ, भेटिएन,” ऊ निराश देखिन्थ्यो । “तपाईहरु घर जाने हो त आज । मैले डिस्चार्ज लेखिदिएको छु त अघि नै,” डाक्टरले छोट्यायो ।
“हस् डाक्साप। डिस्चार्ज त भइम्, कागत पनि लिइसके,” उसले भित्तामा अडेस लागेर त्यसैको सहारामा बोल्यो । “अनि यी आमाछोरा किन यहाँ भित्र–बाहिर गर्दै छन् त भैगी ।” अब चाहिँ डाक्टरका आँखा आमाछोरातिर एक पटक फेरि घुमे । यस पटक चाहिँ अलि फरक भावका साथ । उनी हेरिरहेकी थिइन् । सुनिरहेकी थिइन् ।
अलिकति हाँसिन् । थोरै लजाइन् । छोराले आमाको कुममुनिको प्वालबाट चियायो, दुलोको मुसा झैँ । डाक्टरले नमस्कार ठोकिदियो । उनी बोलिनन् । ऊ पनि बोलेन। आधा नमस्कार फर्काइन् । कोठाको ढोकामा फेरि बिरामीहरु झुम्मिइसकेका थिए । मौरीको दुलोमा छिर्न लागेका मौरीहरु झैँ । अनि तिनै मान्छेहरुलाई भित्रबाट ठेल्दै उनीहरु ढोका बाहिर हराए ।
(बालरोग विशेषज्ञ डा.नवराज केसीको पुस्तक शून्यको मूल्य शनिबार लोकार्पण हुँदैछ)






