मेहेलकुनामा रक्तदान कार्यक्रम सम्पन्न : ३२ पोईन्ट रगत जम्मा

दिलिप ढकाल
सुर्खेत,१७ मंसिर ।

मनोरन्जन, सुचना र सामाजिक कार्य गर्दै आएको गुर्भाकोट ग्यालरीले दोस्रो वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मेहेलकुना प्रहरी चौकी अगाडी शुक्रबार करिब ११ बजे सुरु भएको कार्यक्रम दिउसो सम्म संचालन भएको थियो।

गुर्भाकोट ग्यालरीले आयोजना गरेको कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी सुर्खेतले प्राबिधिक सहयोग गरेको थियो भने सुर्यज्योती माध्यमिक बिद्यालयले स्वयम सेवकको रुपमा बिद्यार्थीहरु उपलब्ध गराएको गुर्भाकोट ग्यालारिले जानकारी दिएको छ ।

उक्त रक्तदान कार्यक्रममा ३२ पोईन्ट रगत जम्मा भएको थियो। साथमा रक्तदान गरेका सबैलाई मेहेलकुनामा रहेको गंद्रमा स्टोर ले फलफुल वितरण गरेको थियो।

अब देखि हरेक महिना रक्तदान कार्यक्रम संचालन हुने पनि गुर्भाकोट ग्यालरीले जानकारी दिएको छ। आगामी महिना बोटेचौर बजारमा रक्तदान कार्यक्रम संचालन हुनेछ। साथै उक्त रक्त दान कार्यक्रममा ४९ जनाले निशुल्क रुपमा सुगर,ब्लड प्रेसर र बि .एम.आई. चेकजाच गरेका थिए।

कार्यक्रम पूर्णरूपले सफल बनाउन सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी सुर्खेत, प्रहरी चौकी मेहेलकुना, सुर्य ज्योती माध्यमिक बिद्यालय मेहेलकुना, गुर्भाकोट नगर स्वास्थ्य शाखा, गुर्भाकोट नगरपालिका, मेहेलकुना अस्पताल तथा रक्तदान गर्ने सम्पूर्णमा गुर्भाकोट ग्यालरीले हार्दिक आभार व्यक्त गरेको छ।

मेहेलकुनामा रक्तदान कार्यक्रम सम्पन्न  : ३२ पोईन्ट रगत जम्मा

सुभघाट मेला खैरेनीमा लगाउने सहमति, :  मेलामा

मेहेलकुनामा रक्तदान कार्यक्रम सम्पन्न  : ३२ पोईन्ट रगत जम्मा

कोरिया १२ वर्षपछि दोस्रो चरणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *