सुभघाट मेला खैरेनीमा लगाउने सहमति, : मेलामा उठेको रकम नगरपालिकाको राजस्वमा जम्मा हुने

दिलिप ढकाल
सुर्खेत,१६ मंसिर ।
सुभाघाट मेला आयोजना गर्ने तथा संचालन गर्ने ठाउ को बिषयमा विवाद हुदा अन्योलमा परेको सुभाघाट मेला पुरानै ठाउ खैरेनीमा लाग्ने भएको छ । नगर प्रमुख उप–प्रमुख तथा वडा नम्बर ७ र वडा नम्बर ८ का जन–प्रतिनिधि तथा स्थानिय युवा हरुको उपस्थितिमा गुर्भाकोट नगरपालिकामा बसेको बैठकमा उक्त सहमति जुटेको हो।
सहमतिमा सुभघाट मेला संचालनको लागि १५ सदस्यीय मेला व्यवस्थापन सचिवालय समेत गठन गरिएको छ । उक्त सचिवालयको संयोजकमा वडा नम्बर ८ का वडा अध्यक्ष किरण वि.क. र सह संयोजक वडा नम्बर ७ का वडाध्यक्ष वासुदेव शर्मा रहेका छन् ।
यहि मंसिर २२ गतेदेखि २५ गते सम्म लाग्ने मेला गुर्भाकोट नगरपालिकाको वडा नम्बर ८ र वडा नम्बर ७ ले छुट्टाछुट्टै आयोजना गरेपछि विवाद सिर्जना भएको थियो। उक्त बिबाद हुदा वडा नम्बर ७ को बाटो हुँदै सिटी हल, खानेपानी कार्यालय र खैरेनी चौर तर्फ जाने बाटो वडा नम्बर ७ का युवाहरुले अवरुद्ध गरेका थिए।
मेला व्यवस्थापनको नेतृत्व र मेलाबाट संकलन हुने रकमकै कारण दुई वडा कार्यालय बीच विवाद हुदा छुट्टाछुट्टै मेला आयोजना गर्ने तयारी थालिएको थियो। अब अर्थात यहि मङ्सिर देखि हरेक बर्ष लाग्ने सुभघाट मेलामा उठेको रकम नगरपालिकाको राजस्वमा जम्मा हुने गरि सुभाघाट मेला खैरेनीमा लगाउने सहमति भएको बताइएको छ।
साथै अहिले सम्म वडा नम्बर ७ र वडा नम्बर ८ मा रहेका खैरेनी, मिनी रंगशाला तथा सिटि हाल लगाएत का स्थानहरु नगरपालिकाको मातहतमा रहने गरि सहमति भएको पनि बताइएको छ। साथै मेलमा लगाइने स्टलबाट उठाउने रकम नगरापालिकै नामको ठेलीमा उठाउने हुदा पारदर्शिता देखिने पनि बताइएको छ।







