वीरेन्द्रनगर र नेपाल सरकार बीच खानेपानी आयोजना निर्माणका लागि सम्झौता

दिलिप ढकाल
सुर्खेत,१६ भदौ ।
वीरेन्द्रनगर नगरपालिका र नेपाल सरकार बीच भेरी लिफ्ट खानेपानी आयोजना निर्माणका लागि सम्झौता भएको छ। यो योजना सम्पन्न भएपछी वीरेन्द्रनगर नगरपालिका भित्रको खानेपानी समस्याको समाधान हुने बिश्वास लीइएको छ। सम्झौतामा हस्ताक्षर गर्दै नगर प्रमुख मोहनमाया ढकालले देशकै वृहत् खानेपानी आयोजना अन्तरगत रहेको यो योजना सम्पन्न गर्न सम्पूर्ण नगरवासिको साथ र सहयोग रहने समेत उनले बताएकि छन ।

नेपालगञ्जमा आयोजना भएको एक कार्यक्रममा खानेपानी मन्त्रालय सचिव मणिराम गेलाल र प्रदेश जलस्रोत तथा उर्जा मन्त्रालय का सचिव देवराज निरौला को रोहवरमा नगर प्रमुख मोहनमाया ढकाल र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमाकान्त दवाडी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यस्तै सम्झौता पत्रको साक्षिमा उपत्यका खानेपानी योजनाका अध्यक्ष कुलमणी देवकोटा र वीरेन्द्रनगरका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारीले हस्ताक्षर गरेका छन् । तत्कालिन अबस्थामा बिरेन्द्रनगरमा खानेपानी पुर्याउने आफ्नो चुनाबी नारा बनाएर नेकापा एमाले चुनाबी मैदानमा होमिएको थियो।






