नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ पूर्णबहादुर खड्कालाई सर्वसम्मत सिफारिस

दिलिप ढकाल
सुर्खेत १७ भदाै ।
नेपाली कांग्रेसले सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य, प्रत्यक्ष तर्फ पूर्णबहादुर खड्कालाई सर्वसम्मत सिफारिस गरिएको छ। बिहीबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले खड्कालाई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको नेपालि कांग्रेस सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर १ का क्षेत्रीय सचिब पदम बहादुर खत्रीले जानकारी दिए। बैठकले सुर्खेत क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फ नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरेको छ।

यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ ९क० बाट प्रत्यक्षमा चित्रबहादुर रेग्मी, खड्कबहादुर पोखरेल, केशर वली, र टेकबहादुर सिंहको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्याय पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली र सुशिला कार्कीको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर १ प्रदेश ९ख० मा प्रत्यक्षतर्फ हाल प्रदेशसभा सदस्य रहेकी अमृता शाहीको नाम एक नम्बरमा सिफारिस गरिएको छ। यस्तै, भूपेन्द्र चन्द, भूपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढा मगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम पनि सिफारिस गरिएको छ।
केद्रमा चुनाबी गठबन्धनको कुरा चलिरहेको बेला नेपालि कांग्रेसले सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य, प्रत्यक्ष तर्फ पूर्णबहादुर खड्काको नाम सिफारिश गरेको छ। सचिब खत्रीका अनुसार यदि गठबन्धन भएको अबस्थामा सामानुपातिक तर्फ हेरफर हुन सक्ने तर प्रत्यक्ष तर्फ हेरफेर वा फेरबदल नहुने समेत उनले बताएका छन ।






