डाँडाखालीमा काँग्रेसको कार्यकर्ता भेटघाट

सिम्ता, १९ चैत्र ।
सिम्ताको डाँडाखालीमा नेपाली काँग्रेसको चुनावी कार्यकर्ता भेटघाट शुक्रबार सम्पन्न भएको छ । ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ भन्ने मुल नारासहित बैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचार–प्रसार तथा तयारीका लागि डाँडाखालीमा कार्यक्रम गरिएको हो ।

डाँडाखालीमा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको लहर बढेको छ । नेकपा एमाले र माओवादी पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढेको जनाइएको छ ।

नेपाली कांग्रेस वडा कार्यसमिति डाँडाखालीको आयोजनामा शुक्रवार कार्यकर्ता भेट्घाट तथा घर–घर जाऔँ काँग्रेस जिताउ कार्यक्रममा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र डाँडाखालीका पार्टी अध्यक्षसहित ५२ जनाले एमाले तथा माओवादी पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस सिम्ताका अनुसार नेकपा एमाले र माओवादी पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका २२ घरधुरीका करिब ५२ जनालाई औपचारिक रुपमा स्वागत गरिएको जनाएको छ ।

नेपाली कांग्रेस सुर्खेत जिल्ला सभापति खड्क पोखरेलको प्रमुख आतिथ्यता, जिल्ला उपसभापति बिष्णु खड्काको विशेष आतिथ्यता, पूर्व जिल्ला कार्यसमिति सदस्य याम राज रोकायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी प्रदेश कार्यसमितिका सहसचिव धन बहादुर शाही, नेपाली कांग्रेस सिम्ता गाउँ कार्यसमितिका सभापति वीरेन्द्र रावत, सिम्ता गाउँ कार्यसमितिका उपसभापति गेहेन्द्रकुमार हमाल लगायतका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस वडा कार्यसमिति डाँडाखालीका सभापति चेतबहादुर रेग्मीको सभापतित्वमा भएको थियो । भने कार्यक्रमको संचालन गाउँ कार्यसमितिका सदस्य प्रेम बहादुर रानाले गर्नुभएको थियो ।

डाँडाखालीमा काँग्रेसको कार्यकर्ता भेटघाट

YUGAAWHAN NATIONAL DAILY (2078-12-18)

डाँडाखालीमा काँग्रेसको कार्यकर्ता भेटघाट

क्यान्सर जाँच तथा स्त्री रोगको स्वास्थ्य शिविर

Leave a comment

Your email address will not be published. Required fields are marked *