क्यान्सर जाँच तथा स्त्री रोगको स्वास्थ्य शिविर

दिलिप ढकाल
गुर्भाकोट, १९ चैत्र ।
गुर्भाकोट नगरपालिकामा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच तथा स्त्री रोगको जाँच, उपचार सम्बन्धि दुई दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

गुर्भाकोट नगरपालिका वडा नम्बर १३ मा सञ्चालित महिला परिबर्तन साना किसान कृषि सहकारी को आयोजना तथा आर्थिक सहयोगमा संचालन भएको स्वास्थ्य शिबिरको समन्वय गुमी स्वास्थ्य चौकी गुर्भाकोट सुर्खेतले गरेको थियो ।

स्वास्थ्य शिबिरको उद्दघाटनमा गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन, उप–मेयर मैना बिक, वडा नम्बर १३ का वडा अध्यक्ष मधु गुरुङ लगायत स्थानीयको उपस्थिति रहेको थियो । मेहेलकुना अस्पताल सुर्खेत र परिवार नियोजन संघ सुर्खेतको प्राबिधिक सहयोगमा संचालन भएको थियो ।

स्वास्थ्य शिविरमा १३ जना दलित, १५२ जना जनजाति, ७३ जना बाहुन÷क्षेत्री र ८ जना अन्य गरी जम्मा ३१३ जनाले सेवा लिएको गुमी स्वास्थ्य चौकीका प्रमुख पूर्ण घर्तीले जानाकारी दिनुभयो ।

महिला परिबर्तन साना किसान कृषि सहकारी संस्था कि अध्यक्ष ओबिकला नेपालीको अध्यक्षतामा सम्पन्न भएको स्वास्थ्य शिविरमा साना किसान बैंक सुर्खेतका प्रबन्धक राजेन्द्र भण्डारीको पनि उपस्थिति रहेको थियो । स्थानीय स्तरमा सेवा लिन पाउँदा शिविरमा सहभागीले खुशी ब्यक्त गरेका थिए ।

क्यान्सर जाँच तथा स्त्री रोगको स्वास्थ्य शिविर

डाँडाखालीमा काँग्रेसको कार्यकर्ता भेटघाट

क्यान्सर जाँच तथा स्त्री रोगको स्वास्थ्य शिविर

सहकारी विपन्न नागरिकको सारथी हो

Leave a comment

Your email address will not be published. Required fields are marked *