दशैको अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेको शुभकामना, आदानप्रदान कार्यक्रम सम्पन्न

दिलिप ढकाल
सुर्खेत,१५ असोज ।

सल्यानको कालिमाटी गाउँपालिका वडा नं ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेको आयोजना मा विजया् दशमी शुभदिपावली र छ्ड पर्वको अबसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र पिप्लेमा भएको सुभकामना कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष तथा स्वास्थ्य ब्यबस्थापन समितिकाका अध्यक्ष बेल बहादुर चन्द, वडा सदस्यहरु र वडा सचीव र चार नम्बर वडा भित्रका ८ वटा बिद्यालयका प्रधानध्यापक तथा महिला स्वास्थ्य संयमसेविका हरुको उपस्थिति रहेको थियो।

साथै सुभकामना आदान प्रदान कार्यक्रममा महिला स्वास्थ्य संयम सेविका आमा समुह अध्यक्ष हरुको पनि उपस्थिति रहेको थियो।

सुभकामना कार्यक्रमा उपस्थित सबै जनाले फजुल खर्च गरे वर्ष दिनमा आउने चाडपर्ब लाई सबैले उत्साहको साथ् मनाउनु पर्नेमा जोड दिदै आ-आफ्नो तर्फ बाट सुभकामना ब्यक्त गरेका थिए। बर्ष दिनमा आउने महान चाडपर्ब लाई उत्साह र हौसलाको रुपमा मनाउनु पूर्व स्वास्थ स्सेवा केन्द्र पिप्ले ले सुभकामना कार्यक्रमको आयोजना गरेको थियो।

नराम्रा विसंगति लाई नियन्त्रण गर्नको लागि , स्वास्थ्य लाई ख्याल पुर्याउन तथा चाड पर्वको बेला छिमेकी मुलुक भारतबाट घर फर्किने व्यक्तिहरुमा डेंगी रोगको संक्रमण हुन् सक्ने भन्दै त्यस तर्फ ध्यान दिनु पर्नेमा समते कार्यक्रममा सहभागी हरुले जोड दिएका थिए। साथै डेंगी रोग नियन्त्रणको लागि पानि जम्ने खाल्डा खुल्डी पुर्ने,लामखुट्टे टोकाई बाट बचनको लागि लामो बाहुला भएको कपडा लगाउने तथा माछा मासु र गेडागुडीको तथा झोलिलो पदार्थ धेरै खाने जस्ता संदेश मुलक कुरा पनि जानकारी गराइएको थियो।

सुभकामना आदान प्रदान कार्यर्ममा ब्लड प्रेसर चेक जाच पनि गरिएको थियो। साथै सुभकामना आदान प्रदान कार्यक्रम मा वडा नम्बर ४ का वडा अध्यक्ष बेल बहादुर चन्दले बच्चा जन्मिएको पहिलो तिन दिन र सात दीनमा हुने सुखेरी जाच लाई अब बिदाको दिन परे पनि सास्थ्य कर्मीले निरन्तर सेवा प्रदान गर्ने समेत जानकारी दिए। सुभकामना कार्यक्रममा काल्चे स्वास्थ्यचाैकी बाट आधारभूत स्वास्थ्य केन्द्र पिप्लेमा आउनु भएकी अ.हे.ब. रिता कंवर लाई औपचारिक रुपमा स्वागत गरिएको छ।

दशैको  अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेको शुभकामना, आदानप्रदान कार्यक्रम सम्पन्न

दशैं बिदामा पनि स्वास्थ्य संस्था खुल्ला रहने

दशैको  अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेको शुभकामना, आदानप्रदान कार्यक्रम सम्पन्न

हुम्लामा एलपी ग्यासको प्रयोग वृद्धि

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!