दशैं बिदामा पनि स्वास्थ्य संस्था खुल्ला रहने

हुम्ला,१५ असोज ।

बडा दशैं २०७९ सुरु भइसकेको बेला शनिबारबाट स्वास्थ्य संस्थाहरू खुल्ला रहँदै आएका छन् । बिदाको समयमा पनि बिरामी उपचारका लागि आउने भएकाले स्वास्थ्य संस्था अनिवार्य सञ्चालन गर्नुपर्ने निर्देशन बमोजिम सञ्चालनमा आएका हुन् ।

सिमकोट गाउँपालिका –२ ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले शनिबारदेखि असोज २१ गतेसम्म बडा दशैको बिदामा पनि स्वास्थ्य चौकी सञ्चालन हुने बताए । बिरामीलाई बिदामा पनि उपचार गर्न सहज होस भनेर स्वास्थ्य चौकी खुल्ला राखेर उपचार गर्ने गरिएको उनले बताए ।

उक्त स्वास्थ्य चौकीमा शनिबार मात्र २० भन्दा बढी बिरामीहरू उपचारका लागि आएका थिए। बिरामीहरू स्वास्थ्य चौकीमा आउने सङ्ख्या वृद्धि भइरहेका कारण दशैं बिदामा चौबीसै घण्टा सेवा प्रदान गरिने उनले बताए । यसका लागि दिनअनुसार स्वास्थ्यकर्मीलाई खटाइएको छ ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नरबहादुर भण्डारीले चाडबाडको बेला मानिसहरू बिरामी हुने भएकाले गाउँ स्वास्थ्य संस्थाहरू बिदाको समयमा पनि खुल्ला राख्ने निर्णयअनुसार सञ्चालन गरिएको बताए। सिमकोट गाउँपालिकामा चार वटा स्वास्थ्य चौकीसहित १२ वटा स्वास्थ्य संस्थाहरू छन् । उनले अरुबेला सेवा दिइरहेका स्वास्थ्य संस्थाले शनिबारबाट पनि सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरू खुल्ला राख्न सुरु गरेको बताए ।

यता, खुर्पानाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले हाल गाउँपालिकाभरि खोप अभियान सञ्चालन भइरहेका कारण बिदामा पनि स्वास्थ्य संस्था खुल्ला राखेर उपचार गर्ने उहाँले बताए। खुर्पानाथ गाउँपालिकामा ६ वटा स्वास्थ्य संस्थाहरू छन् । यसैबीच जिल्ला अस्पतालले पनि दशै बिदामा अस्पताल खुल्ला रहने जनाएको छ ।

दशैं बिदामा पनि स्वास्थ्य संस्था खुल्ला रहने

राउटे बस्तीमा दसैँको खसी उपहार

दशैं बिदामा पनि स्वास्थ्य संस्था खुल्ला रहने

दशैको अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!