नेपाल आयल निगमले ग्यास, पेट्रोल र डिजेलको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३र३ रूपैयाँ बढेको छ ।
योसँगै पेट्रोल अब १३३ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ । त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दस रूपैयाँ बढेर ९६ रूपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ५० रूपैयाँ बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार पाँच सय रूपैयाँ पर्नेछ ।






