उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ । मौसम सफा भएकाले तापक्रम घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

शनिबार बिहान पौने ६ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १० दशमलब ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको शुक्रबारको तापक्रम १२ दशमलव १ डिग्री र बिहीबार १३ डिग्री सेल्सियस मापन भएको थियो ।
केही दिन अझै मौसम सफा हुने भएकाले तापक्रम झन् घट्न सक्ने महाशाखाले अनुमान गरेको छ । तापक्रम घटेसँगै चिसो महसुस भएको छ ।
शनिबार बिहान पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी स्थानमा सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

उपत्यकासहित देशभरको तापक्रम  घट्दो क्रममा

नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्रथम

उपत्यकासहित देशभरको तापक्रम  घट्दो क्रममा

नेपाल आयल निगमले ग्यास, पेट्रोल र डिजेलको

Leave a comment

Your email address will not be published. Required fields are marked *