जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार

सुर्खेत– कालीकोटमा आइतबार भएको जिप दुर्घटनाका घाइतेको २४ घण्टापछि उद्धार गरिएको छ। गम्भीर घाइते रास्कोट नगरपालिका–का लक्ष्मीप्रसाद बराल र टेकु लुहारलाई थप उपचारका लागि हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो।

कालीकोटमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए।

कर्णाली करिडोरको कालीकोट खण्डमा आइतबार सान्नीत्रिवेणी गाउँपालिका–३ आमतडाबाट लालीघाट जाँदै गरेको क १ ज २३ नम्बरको जिप आमतडामै दुर्घटनामा परेको थियो। दुर्घटनामा गाडी चालक सान्नीत्रिवेणी–१ का विक्रम गिरीको मृत्यु भएको थियो भने ११ जना यात्रु घाइते भएका थिए। अन्य घाइतेको भने जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ।

 

जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार

पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *