बाफिकोट गाउपालिकामा १५ गत्ते देखि विद्यालय खुल्दै

प्रचण्ड खत्री 

रुकुमपश्चिम । रुकुम पशिमको बाफिकोट गाउपालिकामा १५ गत्ते देखि बिद्यालय खुल्ने भएका छन | कोरोना भाईरसका कारण लामो समय देखि बन्द भएको बिद्यालय कार्यपालिका बैठकले खोल्ने निर्णय गरेको वडा नम्बर ८ का वडा अध्यक्ष तथा कार्यपालिका प्रबक्ता मन बहादुर केसीले जानकारि दिए |

बाफिकोट गाउपालिका अहिले सम्म कोरोना भाईरसका बिरामी सुन्य भएकाले स्वास्थ्य मापदण्डका सबै सूचक पालना गरेर खोल्ने निर्यण भएको कार्यपालिका प्रबक्ता केसीले बताए |

तराईका धेरै जिल्लामा अनलाईन कक्षा संचालन भएका छन् रुकुम पशिम जस्तो दुर्गम जिल्लामा संचालन भएको देखिदैन | त्यसले गर्दा बिद्यार्थी हरु मारमा परेको स्यार्पुताल माबी स्यार्पुदाहका प्रधानाध्यापक चुमानसिह बोहरालेको भनाई छ |

शैक्षिक शत्र भने असार १ गत्ते देखि सुरु भएको थियो | भर्ना र पाठ्यपुस्तक सबै वितरण भैसकेको र १५ गत्ते देखि पठनपाठन सुरु गर्न लागेको शिक्षा युबा तथा खेलकुद शाखा संयोजक रत्नबहादुर केसीको भनाई छ |

बाफिकोट गाउपालिकामा १५ गत्ते देखि विद्यालय खुल्दै

अविरल वर्षासँगै मुख्य सडकहरु जाम

बाफिकोट गाउपालिकामा १५ गत्ते देखि विद्यालय खुल्दै

सुनसान छ कृष्ण मन्दिर, बनगाडकाे इतिहासिक धराेहर

Leave a comment

Your email address will not be published. Required fields are marked *