अविरल वर्षासँगै मुख्य सडकहरु जाम

दुर्गा विसि

अविरल वर्षाका कारण छिन्चु जाजरकोट सडक खण्डको रैकर नजिकै सडक अवरुद्ध भएको छ । त्यसै गरि वालुवासँग्रही सल्यान खलंगा सडक खण्डको ज्यामिरेमा पनि पहिराले उक्त सडक अवरुद्घ छ ।
अर्को तर्फ सल्लिवजार रुकुम पश्चिम चौरजाहारि सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको खबर छ ।छिन्चु जाजरकोट सडक खण्डमा भने अहिले जेसिविले पहिराे पन्छाइ रहेको खबर यात्रु जीवन रानाले जानकारी दिएका छन् । मुख्य सडक सुचारुकाे लागि सडक डिभिजन कार्यालयले जेसिविकाे सह्याताले पहिराले अवरुद्ध सडक पन्छाउने काम भैरहेको जानकारी प्राप्त भएको छ ।
त्यसै गरि वालुवासँग्रही सल्यान खलंगा सडक खण्डको ज्यामिरेमा पनि ठुलाे पहिराेले सडक अवरुद्ध पारेको वावियाचौर प्रहरी पाेष्टले जानकारी दिएको छ । सडक सुचारू पार्नकै लागि प्रहरीले बनगाड कुपिण्डे नगरपालिकाकाे कार्यालयमा जेसिविकाे लागि निरन्तर फाेन गरे पनि सम्पर्क हुन नसकेको र सम्बन्धि व्यक्तिहरुकाे फाेन रिसिभ नभएको जनाएकाे छ ।
प्रहरीले गरेको फाेन कर्मचारी तथा जनप्रतिनिधिले नउठाउदा उक्त सडक सञ्चालन गर्ने सम्भावना टरेकाे खबर छ ।यता सल्लि रुकुम पश्चिम चौहरजारी सडक पनि अवरुद्ध छ ।नयाँ सडक स्तरवृद्दि हुदै गरेको ठाउँमा पहिराे आएको छ ।उक्त स्थानमा पनि सडक सुचारु नहुदा अावतजावतमा कठिनाइ भएको छ ।सल्लिवजार र सुनौली वजार विच क्षेत्रमा सडक अवरुद्ध छ ।
स्थानीयले विहानै देखि नगरपालिका र सडकमा काम गरिरहेकाे निर्माण कम्पनीलाई सडक सुचारुका विषयमा सम्पर्क गर्दा त्यहाँ पनि खासै चासो नदिएको दुखेसो रहेकाे छ ।अविरल वर्षाका कारण मुख्य सडक देखि ठाउँ ठाउँमा पहिराले सडक अवरुद्ध वनेका छन् । मुख्य सडक छिन्चु जाजरकोट सडक खण्ड भने केही घण्टा भित्र सुचारु हुने खबर छ ।
उक्त सडक बिग्रनुमा बनगाड कुपिण्डे वडा ११ का विभिन्न स्थान र सुर्खेत गुर्भाकोट नगरपालिकाले जथाभावी सडक खण्दा याे अवस्था सृजना भएको छ ।माथिल्लो भागमा सडक खण्दा मुख्य सडकमा पहिरो,माटाे सहितको लेदाे अाउने गरेको छ ।जसका कारण पोख्रे देखि सल्लिवजार सम्मकाे सडक पुर्णरुपमा छेदविच्छेद भएको छ ।






