ओली प्रवृत्ति निरंकुश र प्रतिगमनकारी : प्रचण्ड

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्ति निरंकुश र प्रतिगमनकारी प्रवृत्ति भएको बताएका छन् । शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।


उनले ओली प्रवृत्ति नेपाल र नेपाली जनताका लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताए। अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु ठूलो पराजय भएको दाबी गरे।

अध्यक्ष दाहालले मातम (शोक) छाएको नदेखाउन नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको आरोप लगाए। दाहालले ओली प्रवृत्ति मलामी जाँदा हाँस्ने प्रवृत्ति भएको तर्क गरे।
अध्यक्ष दाहालले राजनीतिलाई स्थिरता दिनुपर्ने वेला ओली प्रवृत्तिले त्यो हुन नदिएको बताए । अध्यक्ष दाहालले भने, ‘संविधान बनिसकेपछि विकास गर्न वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो। कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो।’ उनले समाज र देश विकासका लागि वाम गठबन्धन भए पनि त्योअनुसार काम हुन नसकेको र त्यसको कारक ओली भएको दाबी गरे ।

ओली प्रवृत्ति निरंकुश र प्रतिगमनकारी : प्रचण्ड

राजाको काम, कहिले जाला घाम !

ओली प्रवृत्ति निरंकुश र प्रतिगमनकारी : प्रचण्ड

सवारीको ठक्करबाट नागढुङ्गा सुरुङमार्गमा मजदुरको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *