वीरेन्द्रनगरको जित, पोखरा भने  बाहिरियो

काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार पोखरा उपमहानगरपालिकालाई ४(१ गोल अन्तरले पराजित गर्दै वीरेन्द्रनगरले सुखद सुरुआत गरेको हो ।

वीरेन्द्रनगरको जितमा सुमित्रा योन्जनले दुई गोल गरिन् । सम्झना शर्मा र सुस्मिता तामाङले एक एक गोल गरिन् ।

पोखराकी झरना चाम्लिङ राईले एक गोल फर्काईन् ।  जितसँगै वीरेन्द्रनगरले ३ अंक जोडेको छ । र, नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

लगातार दोस्रो हार ब्यहोरेको पोखरा भने बाहिरिएको छ ।  प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।

वीरेन्द्रनगरको जित, पोखरा भने  बाहिरियो

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

वीरेन्द्रनगरको जित, पोखरा भने  बाहिरियो

राजाको काम, कहिले जाला घाम !

Leave a comment

Your email address will not be published. Required fields are marked *