जो लागुपदार्थ दुर्व्यसनीको आरोपमा पक्राउ परे

एजेन्सी । पछिल्ला केही वर्षमा भारतीय चलचित्र उद्योगभित्रको विभिन्न नकारात्मक कुराहरु बाहिर आउन थालेको छ । जसमध्ये लागुपदार्थ दुर्व्यसनी सबैभन्दा चर्चित बनेको विषय हो ।

सेलिब्रेटीले लागुपदार्थ सेवन गर्ने गरेको खुल्दै आएको छ । उनीहरुलाई लागुपदार्थको दुर्व्यसनीको आरोपमा पक्राउ समेत गरिएको छ । यसैबीच, आइतबार लागुपदार्थको मामिलामा बलिउड अभिनेता अरमान कोहली पक्राउ परे ।

भारतीय प्रहरीको लागुऔषध अनुसन्धान ब्युरोले उनको घरबाट लागुपदार्थ कोकिन बरामद गरेको छ । लागुपदार्थको मामिलामा पक्राउ पर्ने अभिनेता अरमान कोहली मात्र होइनन् ।

उनीभन्दा अगाडि भारती सिंह, उनका पति हर्ष लिंबाचिया, अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शोविक, एजाज खानसहित थुप्रै कलाकारहरु लागुपदार्थ दुर्व्यसनको आरोपमा पक्राउ परेका छन् ।

यसका साथै, भारतीय लागुपदार्थ नियन्त्रण ब्युरोले एक वर्षभित्रमा दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर जस्ता थुप्रै हस्तीहरुलाई पनि पक्राउ गरिसकेको छ ।

जो लागुपदार्थ दुर्व्यसनीको आरोपमा पक्राउ परे

तेस्रो सगरमाथा म्युजिक अवार्डको घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *